arrow

धादिङको धुनिवेशीमा मेयरको लागि कुन पार्टीबाट कसको छ दाबेदारी ?

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
three_party.png
धादिङ । धादिङ जिल्लाको कान्छो नगरपालिकाको रुपमा रहेको धुनीबेसी नगरपालिकामा चुनावी माहोल चुलिएको छ । बैशाख ३१ गतेको स्थानीय निकायको निर्वाचनमा नगरपालिकाको मेयरको लागि मूल तीन पार्टीका एक दर्जन भन्दा बढी व्यक्तिले उम्मेदवारीको लागि आकांक्षा देखाएका छन् । 
 
अहिले व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, दोस्रो ठूलो दल नेकपा एमाले र नेकपा माओबादी केन्द्रका नेताहरुबीच मेयरमा दाबेदारी गर्नेमै होड चलिरहेको छ । स्रोतका अनुसार अहिले नेपाली काँग्रेसबाट ४ जना, नेकपा एमालेबाट ६ जना र नेकपा माओबादी केन्द्रबाट २ जना गरी कूल १२ जनाले मेयरको लागि आकांक्षा देखाईरहेका छन् । 
 
नेपाली काँग्रेसबाट राजकुमार पाठक, गोविन्द पाण्डे, राजकुमार कुँवर र जीवनाथ ढकालको नाम चर्चामा छ । जसमध्ये राजकुमार पाठक नेपाली काँग्रेसको क्षेत्रीय सभापति र पार्टी सभापति पक्षको समेत समर्थन रहेर चुनाव उठ्ने चर्चा छ भने अरु पनि स्थानीय तहमा सक्षम देखिन्छन् । पाठकको पक्षमा अहिले साविकका जीवनपुर, छत्रेदेउराली र नौविसे गाविसका अध्यक्षहरुको समर्थन रहेको बतार्इएको छ । 
 
त्यस्तै, एमालेको तर्फबाट पनि ६ जनाको उम्मेदवारी पर्ने देखिएको छ । यसरी दाबेदारी दिनेहरुमा सुरेश आचार्य , राजुराज पाण्डे र वालकृष्ण आचार्य रहेका छन् ।  त्यस्तै, केदार पाठक, बच्चु उप्रेती र धु्र्व शर्माको पनि नाम चर्चामा छ ।  
 
त्यस्तैगरी तेस्रो ठूलो दल नेकपा माओबादी केन्द्रको तर्फबाट भने जम्मा दुई जनाको नाम चर्चामा छ । जसमा दिपक लामिछाने सुबोध र राजन रेग्मी निशान रहेका छन् । यो नामावली नै अन्तिम नरहेकोले यसमा केही परिमार्जन या थपघट हुन सक्ने बताईएको छ । तर अहिलेसम्म चर्चामा भने दुई मात्र छन्। 
 
राप्रपा पनि उमेद्वार बनाउन सक्ने बताइएको छ । तर उमेद्वारको भने खासै चर्चा छैन । यि राजनीतिक दलहरुले स्थानियस्तरमा क्रियाशिल महिला नेतृहरुलाई उपमेमयरमा उमेद्वार बनाउने  नाम भने खासै चर्चामा आएको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ