arrow

जिल्ला पसे मधेसी नेता

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
morchaka-neta.jpg.jpeg

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार तराई–मधेसका निर्वाचन कार्यालयमा धर्ना दिएको छ । संविधान संशोधन विना हुने निर्वाचनको प्रतिकार गर्न तयार छौ भन्ने सन्देश दिन एक दिन धर्ना कार्यक्रम गरिएको तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सवेन्द्रनाथ शुक्लले बताए ।

निर्वाचनको विरोधका लागि मोर्चामा आवद्ध पार्टीका केन्द्रीय नेताहरु नै आ–आफ्नो क्षेत्र पुगेका छन् । रुपन्देही पुगेका शुक्लले हाम्राकुरासँग भने, ‘यो सामान्य विरोध कार्यक्रम हो । सरकारसँग वार्ता चलिरहेकाले अब कस्तो कार्यक्रम ल्याउने भन्नेबारे छलफल हुन बाँकी छ ।’

संविधान संशोधन विधेयक पास भए मात्र आफुहरु निर्वाचनमा जाने बताइरहेका मोर्चा नेताले आफुहरुले निर्वाचन चाहेको पनि बताइरहेका छन् । यो कस्तो तरिका हो ? जवाफमा शुक्लले भने, ‘हामीले पहिले देखि नै राख्दै आएको माग सम्बोधन गर्न भनिरहेका छौँ । नयाँ माग त केही राखेका छैनौँ । माग सम्बोधनका लागि हामीसँग पटक–पटक सम्झौता भएका छन् । ति कार्यान्वयन होस् भनिरहेका छौँ । हामी कसरी लोकतन्त्र विरोधी भयौँ । लंगडो संविधान दौडाएर निर्वाचनमा जाँदा देश भोली दुर्घटनामा जान्छ भन्ने हाम्रो भनाई हो ।’

उता सप्तरीमा जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिन गएकाहरुले चर्को नारावाजी गरेका छन् । उनीहरुले प्रहरीको घेरा तोड्न खोजेपछि केहीबेर तनाव भएको थियो । यस्तै, रौतहटमा मोर्चा कार्यकर्ताले राप्रपाको कार्यक्र विथोलेका छन् भने, नवलपरासीमा काँग्रेसविरुद्ध नै उत्रिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ