एजेन्सी । निर्देशक एस.एस राजामौलीको आगामी चलचित्र ‘बाहुबली २’ को चर्चाले सबैतिर छाएको छ । यस पटक चलचित्र निर्माताहरुको सुचिमा निर्देशक करण जौहरको पनि नाम रहेको छ । यो सँगै करणले 'बाहुबली' को हिन्दी संस्करणको अधिकार पाएका हुन् । आइतबार करणले निर्माताहरुमा आफुलाई राखेकोमा राजामौलीलाई धन्यवाद दिएका छन् ।
'बाहुबली २ : द कनल्क्लूजन' को प्री रिलीज समारोहमा पुगेका करणले उनमा निर्देशक एस.एस. राजामौलीको तुलनामा १० प्रतिशत पनि बौद्धिकता नभएको बताए । उनले भने - " 'बाहुबली' अहिले सम्मकै सबैभन्दा शानदार चलचित्र हो ।"
करणले थपे , " यो भारतीय चलचित्रको इतिहासमा अहिले सम्मको सबैभन्दा शानदार चलचित्र हो र म यो देखेर हतप्रभ छु । यो पूर्ण निष्ठा र साहसको प्रतीक हो र म फर्किएर त्यहि सिक्न चाहान्छु ।"
उनले भने , " चलचित्र 'बाहुबली' ले ६७ बर्ष पछि 'मुगल-ए-आजम' लाई पछि छोडेको छ । राजामौलीको चलचित्रमा फरक प्रकारको आकर्षण रहेको छ र उनको व्यक्तित्वमा व्यावहारिक निर्णय लिने जुन तर्कशीलता छ त्यो ममा १० प्रतिशत पनि छैन ।" 'बाहुबली २: द कनल्क्लूजन' २८ अप्रिलमा रिलीज हुदैछ ।