arrow

नेपाल र फिलिपिन्स भिडन्त : नेपालले एक गोल फर्कायो, विशालले गरे गोल

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
news-nn-pp-na-.jpeg

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले एसियन कप २०१९ छनोटको पहिलो खेलमा अहिले फिलिपिन्ससँग खेलिरहको छ । फिलिपिन्सको घरेलु मैदानमा भइरहेको खेलमा नेपालले पहिलो हाफ सकिँदा १ गोल फर्काएको छ । नेपालका लागि विशाल राईले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।

फिलिपिन्सले भने ३० मिनेटमै ३ गोल गरेको थियो । पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि परेको छ । प्ले–अफबाट बाहिरिएर पनि नेपालले फेरि तेस्रो चरणको छनोट खेल्ने अवसर पाएको हो ।

नेपालले डेढ दशकयता एसियाली फुटबलको सबै भन्दा ठूलो प्रतियोगिताको अन्तिम छनोटमा फर्किदा फिफा वरीयतामा ४६ स्थानमाथिको फिलिपिन्सलाई प्रतिद्वन्द्वी पायो । एसियन कप छनोटमा ताजिकिस्तान र यमन पनि रहेको यो समूहमा शीर्ष वरीयताको टोली फिलिपिन्स नै हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ