arrow

पर्यटनमन्त्री दिलनाथ गिरी अस्पताल भर्ना

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
dilnath-giri-birami.jpeg

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरी अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । गिरी अकस्मात विरामी परेपछि मंगलबार साँझ ओम अस्पताल भर्ना गरिएको उनका निजी सचिवले बताएका छन् ।

ओम अस्पतालका डा. सुवोध सागर ढकालको चिकित्सक टोली मन्त्री गिरीको उपचारमा खटिएको छ । गिरीलाई अर्लि निमोनिया भएको बताइएको छ । चिकित्सकले गिरीलाई केही दिन अस्पतालमै राख्नुपर्ने सल्लाह दिएका छन् । गिरी विरामी गरेपछि वुधबारै लुम्बिनी जानुपर्ने कार्यक्र स्थगित भएको छ भने अन्य कार्यक्रम पनि स्थगित भएको निजी सचिवले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ