arrow

लिबाङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ चैत १५ मंगलबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ (रोल्पा) । रोल्पाको लिबाङमा आज दिउसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनछहरी गाउँपालिका ५ कसलाका २५ वर्षिय विनोद रोकामगर रहेको प्रहरी नायव रामप्रसाद घर्तीमगरले जानकारी दिए । 
 
घर्तीमगरका अनुसार सडक मर्मत गर्ने क्रममा गिट्टी बोक्ने रा.१.त. ३१८२ नं.को ट्याक्टरको ट्राली र इन्जनको लक भाच्चिदा एक्कासी ट्रेकटर दुर्घटना भएको थियो । दुर्घटनामा परेका चालकलाई ट्रेकटरको ट्रालीले चापेपछि  घटना स्थलमै मृत्यु भएको हो  ।  हाल मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको प्रनाउ घर्तीमगरले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ