arrow

राप्रपा त्यागेका लोहनीको पार्टी घोषणा हुँदै, कमल थापा छोड्नुको यस्तो छ कारण

थापाको एजेण्डा धरापमा

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
Prakashchandra-Lohani-new-ppp.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका प्रकाशचन्द्र लोहनी र राप्रपा एकिकरण नहुँदै बाहिरिएको समूह मिलेर वुधबार नयाँ पार्टी घोषणा हुँदैछ । बुधबार सुकेधाराको एक पार्टी प्यालेसमा पत्रकार सम्मेल गरी पार्टी घोषणाको तयारी गरिएको बताइएको छ । लोहनीको नेतृत्वमा घोषणा हुने नयाँ पार्टीको नाम ‘एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी’ रहने एक वर्ष अघिदेखि एकिकृत राष्ट्रवादी पार्टी निर्माणको अभियान थालेको केशरबहादुर विष्टले हाम्राकुरालाई जानकारी दिए ।

विष्टका अनुसार विगतको राप्रपा, राप्रपा नेपाल, जनशक्ति पार्टी र अहिलेको राप्रपाबाट बाहिरिएकाहरुबीच सहकार्य भएर पार्टी घोषणा हुन लागेको हो । विष्टले भने, ‘हामीले एक वर्ष अघि देखिनै अभियान चलाएर ३२ जिल्लामा समानान्तर कार्यसमिति गठन गरिसकेका थियौँ । बाँकी जिल्लामा तयारी भइरहेको थियो । सबै जिल्लामा समिति गठन भएपछि राष्ट्रिय भेला गरेर पार्टी घोषणाको तयारी गरिरहेकै बेला डा. साव बाहिरिनु भएपछि सबैको सल्लाहमा नयाँ पार्टी घोषणा गर्ने तत्काल निर्णय भएको हो ।’

एजेण्डा के हो ?
विष्टले भनेका छन्, ‘हाम्रो एजेण्डा नेपाल हिन्दु अधिराज्य हुनुपर्छ र संवैधानिक राज संस्था हुनुपर्छ । भन्ने नै हो ।’ संघीयता अधिकार प्रत्यायोजन र समस्या समाधानको औषधि होइन । विष्टले अगाडि भने, ‘पछाडि परेको क्षेत्र र वर्गलाई हेर्ने सवालमा जात, भूगोल र भाषाका आधारमा विभाजन गर्ने होइन । त्यो पीछडाको समस्या समाधानको औषधि हुँदै होइन भन्ने हाम्रो मान्यता हो ।’ विकेन्द्रीकरण होइन शक्तिको हस्तान्त्रण गरिनुपर्छ भन्ने हो । डिसेन्टरलाइजेशन होइन कि डिभोलुशन गरिनुपर्छ ।
विकेन्द्रीकरणको अभ्यास फलदायी हुँदैन, उनले भने, ‘विकेन्द्रीकरण भनेको शक्ति हस्तान्त्रण होइन । चाहेको केन्द्रले बेला अधिकार फिर्ता लिन सक्ने व्यवस्था हो ।’ २० वर्ष सम्म स्थानीय चुनाव हुन नसक्नुको कारण केन्द्रमै अधिकार भएर हो ।

कमल थापालाई छोड्नुको कारण ?
कमलथापा नेतृत्वको राप्रपा एजेण्डाविहिन भइसकेको विष्टले बताएका छन् । विष्टले भने, ‘हिन्दुत्व र राजा बेच्ने र फेरि विश्वको उत्कृष्ठ संविधान भन्दै कार्यान्वयन गर्न जाने । त्यो पार्टीको चरित्र र एजेण्डा के हुन्छ ? सत्ताका लागि जेपनि गर्नेहरुसँग कसरी बस्न सकिन्छ ? ।’ हिन्दु राष्ट्र र राजतन्त्र राप्रपाको चुनावी नारा मात्रै हो । केही दिन अघि निर्वाचन आयोगविरुद्ध राप्रपाले गरेको प्रर्दशन दादागिरी मात्रै भएको विष्टको टिप्पणी छ ।

आलोचना गर्दै उनले भने, ‘ज्ञापनपत्र बुझाउन ढुंगा मुडा गर्ने दल बल लगेर जानु पर्छ र ? दुई चार जना गए हुँदैन । सरकारको उपप्रधानमन्त्री नै निर्वाचन आयोगविरुद्ध सडकमा ढुंगा मुढा गर्न उत्रिनु लोकतान्त्रिक चरित्र हो । निर्वाचन आयोगलाई ढुंगा हान्न मिल्छ ? ।’ चाहिने काम गर्नेसँगको पार्टी कार्यकर्ताहरु बस्छन् । नचाहिने काम गर्नेहरुसँग को बस्छ ।

राप्रपाको नेतृत्वप्रति लक्षित गर्दै विष्टले भने, ‘फुर्ती देखाउनेहरुले चुनावमा देखाउनु । टुँडिखेलमा देखाउनु । मन्त्री हुन पनि जाने फेरि ढुंगा हान्ने ? ।’ हामी दुईतिहाई  पुर्याएर हिन्दु राष्ट्रको एजेण्डा पास गर्छौँ भन्नुमा कुनै दम छ जस्तो लाग्दैन, विष्टले भनेका छन् । पृथ्वी नारायण शाहको जन्म जयन्तीमा विदा दिने भनेर जनतालाई झुक्याइयो फेरि त्यो हटाइयो, उनले थपे, ‘त्यही क्याविनेटमा गएर बस्ने फेरि हिन्दु राष्ट्रको कुरा गर्ने ?’ आफुहरु आफ्ना एजेण्डामा कसैसँग सम्झौता नगर्ने उनले बताएका छन् ।

को–को छन् लोहनीसँग ?
लोहनीको अध्यक्षतामा घोषणा हुने नयाँ पार्टीमा केशरबहादुर बिष्ट, श्याम सिंह सिन्हा, तारानाथ लुईँटेल,राम प्रसाद साह ‘भोला’ ,मिन कुमार कुँवर, रञ्जन खनाल, कमल चुडाल , डा. सुरेश बस्नेत, वृजलाल यादव, नानी मैया आचार्य, झनक प्याकुरेल, कृष्ण खरेल ,प्रभाकर सिंह , रुप सिंह थापा र डा.सुष्मा शर्मा लगायतका व्यक्तिहरु रहेका छन् । सुरुमा ७१ जनाको केन्द्रीय समिति बन्ने बताइएको छ ।

झण्डा र चुनाव चिन्हमा हलो नै
लोहनीको पार्टीको झण्डामा हलो नै रहने बताइएको छ । यस्तै, चुनवा चिन्ह समेत हालो राखिने भएको छ । यसअघि लोहनीले हलो जोगाउन राप्रपा भित्र फरक मत राख्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ