arrow

फुटबल : नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित, यात्रा कष्टकर

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
news-footbal.jpeg

काठमाडौं । एएफसी एसियन कप छनोट फुटबलको पहिलो लेगमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । फिलिपिन्सको  मनिलामा भएको एसिया कप २०१९ को छनोटको अवे खेलमा नेपाल घरेलु टोलीसँग ४–१ गोल अन्तरले पराजित भएको हो । एएफसी सोलिडारिटी कप जिते बापत नेपालले यो छनौट खेल्ने अवसर पाएको हो । यो हारसँगै पछिल्ला ८ खेलमा अपराजित रहेको नेपालको यात्रा भङ्ग भएको छ  ।

खेलको १५औं मिनेटमै मिडफिल्डर विक्रम लामाले रातोकार्ड खाएपछि १० जनामा समेटिएको नेपालमाथि हावी हुनेक्रममा फिलिपिन्सले १० मिनेटभित्रै ३ गोल गर्न भ्यायो । ३–० ले पछि परेको अवस्थामा मध्यान्तरअघिको इन्जुरी समयमा सब्स्टिच्युट खेलाडी विशाल राईले गोल गर्दै गोल अन्तर कम गरे ।

मध्यान्तरपछि फिलिपिन्सले पुनः एक गोल थप्दै खेल ४–१ ले खेल जित्यो । प्रशिक्षक ग्यातुको जोजी यो खेलमा चुकेका टिप्पणी हुँदैछ । पहिलो लेगमा फराकिलो अन्तरले पराजित भएको नेपाल फिलिपिन्ससँग दोस्रो लेगको घरेलु मैदानमा खेल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ