arrow

मधेसवादी दलका नेताहरु चुनावतिरै ढल्के, भन्छन्– बहिस्कार गर्दैनौं, शान्तिपूर्ण आन्दोलन गर्छौ’

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
Hridesh-tripathi.jpeg
नेपालगन्ज । तराई–मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले संविधान संशोधन नगरी निर्वाचन गरिए संयुक्त मधेसी मोर्चाले निर्वाचन बहिष्कार नगरी शान्तिपूर्ण आन्दोलन गर्ने बताएका छन् ।  
 
अवधि पत्रकार सङ्घद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मोर्चाको बटम लाइन संविधान संशोधनपछि निर्वाचन भएकाले त्यस विपरीत कुनै पनि सर्तमा सहमति हुन सक्दैन ।” 
 
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले काठमाडौँले तराई–मधेसको मनोविज्ञान नबुझेका कारण नै मुलुकको राजनीति जटिलतातर्पm उन्मुख हुँदै गएको विचार व्यक्त गरे । सरकार र मोर्चाबीचको वार्ताको औचित्य करिब करिब समाप्त भइसकेको विचार पनि उनले व्यक्त गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ