arrow

जलवायु परिवर्तन रोक्ने नीति रद्ध गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
trump-coal.jpeg
ह्वाइटहाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिका राष्ट्रपति बाराक ओबामाको शासनकालमा जलवायु परिवर्तन रोक्न जारी गरिएको नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
 
हस्ताक्षरपछि बोल्दै ट्रम्पले कोइलालाई लिएर भएको विरोध र रोजगारी अन्त्य गर्ने नीति सधैका लागि अन्त्य हुने बताए ।
 
चुनावी प्रचारप्रसारका क्रममा ट्रम्पले सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्झौताबाट अमेरिकालाई अलग गर्ने प्रतिबद्धता जनाएका थिए । 
 
योसंगै ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा लागु गरिएका आधा दर्जन नीति रद्ध गरेका छन् ।
 
ट्रम्पले ह्वाइटहाउसभित्र हस्ताक्षर गरिरहँदा केही सय प्रदर्शनकारीले ट्रम्पको नीतिको विरोध गरिरहेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ