arrow

ललितपुर महानगरपालिकाको मेयरमा कुन् पार्टीबाट क-कसको दाबेदारी ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ चैत १६ बुधबार
four_party.jpeg
ललितपुर । स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुमा उम्मेदवार को उठाउने भन्ने विषयमा बिषयमा रस्साकस्सी सुरु भएको छ। स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा चलिरहेका बेला पार्टी भित्र को उम्मेदवार बन्ने भन्ने बिषयमा चर्चा पनि सुरु भएको छ। 
 
२०७४ वैशाख ३१ गतेलाई स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै कुन पार्टीबाट को उम्मेदवार भन्ने बिषयमा सबैको चासो बढेको देखिन्छ। विशेषतः राजधानीका महानगरपालिकाहरुमा यस विषयमा धेरैलाई चासो पर्ने गरेको छ । 
 
ललितपुर महानगरपालिकाको मेयर उपमेयर सहित २९ वटा वडामा पनि अध्यक्षको पदमा उम्मेदवारी दिनको लागि दाबेदारहरुको भीड देखिएको छ । त्यस्तै ललितपुर महानगरपालिकाको मेयरको लागि पनि विभिन्न पार्टीबाट उम्मेदवारीको लागि आकांक्षा देखाउनेहरुको चर्चा चल्न थालेको छ । जसमा विशेषगरी नेपाली काँग्रेस नेकपा एमाले, नेकपा माओबादी केन्द्र र राप्रपाको नाम चर्चामा छ । 
 
ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट अहिलेसम्म ८ जनाले आकांक्षा देखाएका छन् । जसमा भरतलाल न्याछ्यू र प्रेम कृष्ण महर्जनको नाम बढी चर्चामा रहेको छ । त्यस्तै, सुरेन्द्र गोविन्द जोशी, बाबुराजा चित्रकार, रामकृष्ण चित्रकार, उर्मिला केसी, चिनिबाबु महर्जन र नवराज महतको नाम पनि मेयरको लागि चर्चामा रहेको छ । 
 
दोस्रो ठूलो दल नेकपा एमालेको तर्फबाट अहिलेसम्म दुई जनाको मात्रै नाम चर्चामा रहेको छ । जसमा हरिकृष्ण व्यञ्जनकार र प्रेम महर्जन रहेका छन् । एमालेबाट यस भन्दा अरु पनि उम्मेदवारको आकांक्षी रहेको भएपनि अहिलेसम्म खुलेर आकांक्षा देखाउनेहरु यिनै दुई जना रहेका छन् । 
 
त्यस्तै, तेस्रो ठूलो दल नेकपा माओबादी केन्द्रले आफ्नो तर्फबाट मेयरमा कुलाल महर्जन र मंगल महर्जनमध्ये एकलाई मेयर रुपमा अघि सार्ने तयारी भईरहेको छ । त्यस्तै, चौथो शक्ति राप्रपाबाट भने नरेश बहादुर श्रेष्ठको चर्चा मेयरको रुपमा रहेको छ । 
 
त्यस्तै, नेपाली काँग्रेसबाट उपमेयरमा पनि ५ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । जसमा गीता सत्याल, निरु खड्का, शान्ति महर्जन, मोद्दती केसी र फारिन्दा महर्जनको नाम चर्चामा रहेको छ । यस बाहेक अन्य पार्टीबाट भने उपमेयरको नाम बाहिर आएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ