arrow

' प्रेस स्वतन्त्रतामाथी आघात पुग्ने ऐन नियम अस्वीकार्य '

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
press-freedom-new.jpg.jpeg
दाङ। नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति विपुल पोख्रेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथी आघात पुग्ने कुनै पनि ऐन नियम अस्वीकार्य भएको बताएका छन् । पोख्रेलले अनलाइन पत्रकारितालाई संकुचन गर्ने गरी आउने ऐन कानूनका बिरुद्धमा नेपाली पत्रकारिता क्षेत्रले शसक्त आवाज उठाउनु पर्ने बताए । ‘पत्रकारितालाई बलियो बनाई पत्रकारहरुका पेशागत सुरक्षाको सुनिश्चित गर्ने सन्दर्भमा बनेको श्रमजीवी ऐन कार्यान्वयनमा सरकार उदासिन देखिएको छ’ उनले भने, ‘फेरि अर्को ऐन बनाएर अनलाईन पत्रकारितालाई कमजोर र जटिल बनाउने सरकारको चरित्रले राज्य स्वतन्त्र प्रेसका सन्दर्भमा अनुदार देखिएको प्रष्ट भयो ।’ 
 
पत्रकार महासंघको स्थापना दिवसका अवसर पारी दाङको तुलसीपुरबाट प्रारम्भ भएको ‘सूचनापत्र’अनलाईन पत्रिकाको शुभारम्भ समारोहमा पोख्रेलले राज्यको चरित्र नै स्वतन्त्र प्रेससंग तर्सिने खालको हुने बताए । ‘राज्यको यसप्रकारको चरित्र हटाई लोकतान्त्रिक चरित्रका साथ राज्यलाई जनउत्तरदायी शासन व्यबस्थामा अभ्यस्त गराउने दायित्व पनि पत्रकारिताकै हो’ उनले भने, ‘अबको पत्रकारिताले राज्यलाई पारदर्शी चरित्र ग्रहण गर्नका लागि प्रोत्साहित गर्नुपर्दछ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ