arrow

कृषि आधुनिकीकरणका लागि दुई करोड विनियोजन

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
Ilam-hamrakura.jpg.jpeg
इलाम। जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा २७ वटा कृषि कार्यक्रमका लागि चालु आवमा रु दुई करोड २० लाख ९८ हजार रकम विनियोजन गरेको छ। सो परियोजनाअन्तर्गत ब्लक र पकेट कार्यक्रम सञ्चालन गर्न कृषक समूह, सहकारी र उद्यमीलाई दरखास्त आह्वान गरेअनुसार प्राप्त दरखास्तमध्ये पकेट कार्यक्रममा २५ र ब्लक कार्यक्रममा दुईवटा प्रस्ताव छनोट गरेर बजेट विनियोजन गरेको हो।
 
छनोट भएका ब्लक कार्यक्रममा सूर्योदय नगरपालिका–१ स्थित फिक्कलको आठघरे कृषि सहकारी संस्थालाई तरकारी बाली सञ्चालन गर्न र देउमाई नगरपालिकाको मङ्गलबारेस्थित देउमाई बहुउद्देश्यीय सहकारी संस्थालाई अलैँची बाली सञ्चालन गर्न कार्यक्रम स्वीकृत गरिएको छ। ती दुई कार्यक्रममा तरकारीका लागि रु ७० लाख र अलैँचीका लागि रु ६५ लाख स्वीकृत भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रामसोगरथ शाहले जानकारी दिए।
 
त्यसैगरी पकेट कार्यक्रममा अलैँची बालीका लागि साविक फाकफोक–५ को प्रगति कृषक समूह, फाकफोक–८ को सुनौलो कृषक समूह, चमैता–८ को दोभान अलैँची तथा किबी फार्म, साँचेजुङ–५ को नवइलामेली कृषि सामुदायिक संस्था र अर्गानिक कृषि फार्म, सुलुबुङ–३ को शुभकामना कृषि बचत समूह, नामसालिङ–९ को गोल्डेन हेभेन फलपूmल उत्पादन केन्द्र, नामसालिङ–३ को सिर्जनशील कृषि सहकारी संस्था तथा कोल्बुङ–६ को शान्ति कृषक समूह छनोट भएका छन्।
 
त्यस्तै मकैबालीका लागि जितपुर–२ को नमुना अर्गानिक कृषि समूह र इलाम नगरपालिका–४ को नेपाल कृषि तथा वन बीउ बहुउद्देश्यीय सहकारी संस्था, आलु बालीका लागि देउमाई नपा–१ को चेतनशील कृषक समूह, बन्दाखेतीका लागि चमैता–६ को जनजागरण महिला बचत तथा कृषि समूह र काउली खेतीका लागि माबु–५ को प्रगतिशील कृषि तथा पशुपालन कृषक समूह छनोट भएका छन्।
 
पकेट कार्यक्रम गर्ने संस्थालाई प्रतिसंस्था रु दुई लाख ६२ हजार उपलब्ध गराइने छ। ब्लक कार्यक्रममा उत्पादनदेखि बजारसम्म पुग्न आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार निर्माणदेखि मेसिन औजार खरिद गर्नेसम्मको खर्च अनुदानस्वरूप उपलब्ध गराइने कार्यालयले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ