arrow

प्रेस युनियनको केन्द्रीय बैठक र राष्ट्रिय भेला स्थगित

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
Press-Union.jpg.jpeg.jpeg
काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचन र निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै नेपाल प्रेस युनियनले निर्धारित केन्द्रीय समितिको बैठक र राष्ट्रिय भेला स्थगित गरेको छ ।
 
देशनै स्थानिय तहको चुनावमा केन्द्रीत हुन लागेको अवस्थामा युनियनमा आवद्ध पत्रकारहरु पनि स्थानिय तहको चुनावमा केन्द्रीत हुनुपर्ने अवस्था र निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता समेत लागु भएपछि युनियनको केन्द्रीय सचिवालय बैठकले तत्कालका लागि बैठक र भेला स्थागित गरेको महासचिव अजयबाबु शिवकोटीले बताए । युनियनले केन्द्रीय समिति बैठक यही चैत २५ गते र राष्ट्रिय भेला चैत २६ गतेका लागि कास्कीको पोखरामा गर्ने तय गरेको थियो । 
 
बैठकले नेपाल प्रेस युनियनका पश्चिमाञ्चल संयोजक प्रदीप काफ्लेका पिता पुरुषोत्तम काफ्लेको असमायिक निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै अस्वस्थ्य भई अस्पताल भर्ना हुनुभएका नेपाल प्रेस युनियन पर्साका पूर्व अध्यक्ष काशिनाथ यादवको शिघ्र स्थास्थ्य लाभको कामना गरेको छ ।  
 
बैठकले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरी तयारीमा जुटेको परिवेशमा लोकतन्त्र र लोकतन्त्रवादीको पक्षमा निर्वाचन माहौल बनाउनका लागि सबै युनियन आवद्ध सदस्यहरुलाई कलम चलाउन पनि आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ