arrow

मन्त्री गगन थापा भन्छन् –ढुंगा हानेर आएको पुस्ताले अबको राजनीति हाँक्न सक्दैन

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
ललितपुर । स्वास्थ्यमन्त्री गगन थापाले ढुंगा हानेर आएको पुस्ताले एक दशकपछिको राजनीति हाँक्न नसक्ने दाबी गरेका छन् । ललितपुरमा बुधबार आयोजित ‘दिगो विकास लक्ष्यबारे राष्ट्रिय युवा सम्मेलन’ विषयक कार्यक्रममा बोल्दै उनले ‘अबको एक दशकपछि नेपालको राजनीति वर्तमान पुस्ताको हातबाट उम्किने’ ठोकुवा गर्दै ‘ढुंगा हानेर आएको पुस्ताले त्यसपछि राजनीति हाँक्न नसक्ने’ बताएका हुन् ।
 
 ‘एक दशकपछि नयाँ पुस्ताले नेतृत्व लिनेछन्, ढुंगा हानेर आएको हाम्रो पुस्ताले त्यसपछिको राजनीति हाँक्न सक्दैन,’ उनले भने ।
 
मन्त्री थापाले आफूले पनि राजनीति गर्ने उमेर हद तोकेको जनाउँदै त्यसपछि राजनीतिक जीवनबाट विश्राम लिने पनि प्रस्ट पारे । ‘५५ वर्षसम्म मात्रै सक्रिय राजनीति गर्छु, त्यसपछि विश्राम लिनेछु,’ उनले भने ।
 
देशभरबाट ५ सयभन्दा बढी युवा सहभागी सम्मेलनमा दिगो विकास लक्ष्यमा युवाको भूमिका, बदलिँदो राजनीतिक परिवेश, संघीय संरचनामा युवाको अवसर र भूमिका, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, वातावरण न्याय र दिगोपन, महिला नेतृत्व र राजनीतिक संलग्नता, नागरिकतालगायतका विषयमा छलफल गरिएको छ । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ