arrow

आँखामा खुर्सानी छर्केर धारिलो हतियारले एमाले नेताको हत्या

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
Sarlahi.jpg.jpeg
काठमाडौं । अज्ञात समूहले सर्लाहीका एमालेका जिल्ला नेता रामनरेश रायको मंगलबार बिहान गरेको छ । सर्लाही जिल्ला कमिटीका सदस्य ६२ वर्षीय रायको मर्निङ वाकको समयमा हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्याराले उनको आँखामा खुर्सानीको धुलो छर्केर धारिलो हतियार प्रहार गरेको बताएको छ । उनको हत्या हेमपुर गाविस वडा नम्बर ७ मा भएको हो । 

स्थानीय बासिन्दाका अनुसार हेमपुर गाविसका दुईपटक निर्वाचित अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहिसकेका राय  पछिल्लो समय पार्टीको निर्णयबमोजिम मधेसमा संविधानबारे जनतालाई बुझाउने अभियान सक्रिय थिए ।

उनी जिल्लाको लोकप्रिय नेताका रुपमा परिचित थिए । स्थानीयका अनुसार हत्याराले टाउकोमा धारिलो हतियार प्रहार गरेका छन् ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ