arrow

परराष्ट्रमन्त्री महतसँग भारतीय राजदूतको शिष्टाचार भेट

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
puri_mahat_chait-17.jpeg
काठमाडौैं । परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत र नेपालका लागि भारतीय नवनियुक्त राजदूत मन्जिभसिंह पुरीबीच शिष्टाचार भेट भएको छ । बिहीबार परराष्ट्र मन्त्रालयमा महत र पुरीबीच भेटवार्ता भएको हो । भेटमा महत र पूरीबीच नेपाल र भारतको आपसी सम्बन्धका विविध पक्षका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । 
 
भेटमा परराष्ट्र मन्त्री डा.महतले नेपालले स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा गरिरहेको जानकारी दिँदै सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा सहभागी गराउने बारेमा सरकारले गृहकार्य गरिरहेको बताए ।  
 
सोही क्रममा मन्त्री महतले नेपालको विकास लगायत बृहत्तर हितमा पु¥याउदै आएको सहयोगप्रति राजदूत पुरीमार्फत भारत सरकारलाई धन्यवाद ज्ञापन गरे । भेटमा राजदूत पुरीले नेपाल भारत सदियौं पुरानो सम्बन्धको स्मरणगर्दै आफ्नो कार्यकालमा दुई देशको सम्बन्धलाई थप मजबदुत बनाउन आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ