arrow

उद्योग मन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटघाट

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
udhyog-mantri.jpeg
काठमाडौं ।  नेपालका लागी अष्ट्रेलियाका राजदूत ग्लेन वाइटले उद्योग मन्त्रालयले सुरु गरेको नीतिगर सुधारका कारण नेपालमा वैदेशिक लगानीका लागी वातावरण वन्दै गएको बताएका छन् । उद्योग मन्त्री नवीन्द्रराज जोशीसँग बिहिबार उद्योग मन्त्रालयमा भेट गर्दै अष्ट्रेलियन राजदूत वाइटले नेपालको विकास प्रयासमा अष्ट्रेलिययन सहयोग नीरन्तर रहने प्रतिवद्धता जाहेर गरे। 
 
नेपालको दार्चुला जिल्लामा उत्पादित अर्ज्ञानिक महको वश्व बजारमा राम्रो बजार रहेको भन्दै त्यसको प्रशोधनको लागी काम गर्न नेपाल सरकारलाई सुझाव दिए । 
 
भेटमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले लघु उद्यम विकास कार्यक्रममा रहेको अष्ट्रेलियन सहयोगको लागी धन्यवाद व्यक्त गरे। उद्यमशिलता विकास गर्ने सो कार्यक्रमले ग्रामिण क्षेत्रमा ठण् हजार भन्दा बढी उद्यमी तयार पारिसकेको छ । 
सो कार्यक्रममा अष्ट्रेलियन सरकार र ग्ल्म्ए को सहयोग रहँदै अएको छ । 
 
भेटमा मन्त्री जोशीले लगानी मैत्री वातावरण निर्माणका लागि आवश्यक कतिपय ऐन नियम ल्याईसकेको र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धि नयाँ ऐन अन्तिम चरणमा रहेको बताए ।
 
अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा व्यक्त आशयपत्रहरुलाई लगानीमा परिणत गर्न सरकारले विभिन्न समिति बनाएर फलोअप गरिरहेको भन्दै मन्त्री जेशीले नीतिगत सुधारका साथै उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगतका विभागहरुबाट प्रदान गरिने प्रशासनिक सेवालाई चुस्त दुरुस्त र पारदर्शी बनाईएको बताए । 
 
नेपाली उत्पादनको अष्ट्रेलियामा बजार विस्तारका लागी सघाउन समेत मन्त्री जोशीले अष्ट्रेलियन राजदूत  वाइटलाई अग्रह गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ