arrow

ट्रम्पलाई अदालतको झट्का, भिसा प्रतिबन्धको निर्णयमा अनिश्चितकालीन रोक

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
trump-obamacare.jpeg

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध हवाईको एक अदालतले कडा निर्णय गरेको छ । अमेरिकी प्रान्त अवाईको एक अदालतले ट्रम्पको थप ६ मुस्लिम बहुल देशका नागरिकलाई प्रतिबन्ध लगाउने निर्णयमाथि अनिश्चितकालीन रोक लगाएको हो ।

न्यायाधीश डेरिक वाट्सनको इजलासले जब सम्म यो मामिला अदालतमा रहन्छ तबसम्म ट्रम्प आफ्नो निर्णय कार्यान्यन गर्न नपाउने भनेको छ । हवाई त्यस्तो प्रान्त बनेको बताइँदैछ, जहाँ ट्रम्पको प्रतिबन्ध रोक्ने कयौँ कोशिश भइरहेको छ । अदालतले भनेको छ, ‘यो प्रतिबन्ध मुसलमानप्रतिको विभेद हो र यसको असर पर्यटन र विदेशी विद्यार्थी तथा कामदारमाथि समेत पर्छ ।’

उता, राष्ट्रपति ट्रम्पले नयाँ भिसा प्रतिबन्ध चरमपन्थीलाई अमेरिका आउनबाट रोक्न लगाईएको भनेका छन् ।

आदेश पर पाबंदी लगाने वाले जज डेरिक वॉटसन.

ट्रम्पको आदेशमा अनिश्चितकालिन रोक लगाउने न्यायाधीश वाट्सन  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ