arrow

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
hydropower.jpeg
दैलेख । नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत सुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन सुरु भएको हो । 
 
द्वारीखोला आयोजनाको निर्माण कार्य तीन वर्षअघि सुरु गरिएको थियो । रु ७५ करोडको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख सौरभ अर्यालले जानकारी दिए । 
 
यस्तै ४.५ मेगावाट क्षमताको पादम खोला विद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । अवलपराजुलमा पाँच मेगावाट क्षमतको अर्को आयोजनाको निर्माण समेत सुरु गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ