arrow

काँग्रेस नेता रविन्द्रको अन्तिम विदाइमा रोयो खलङगा, श्रद्धाञ्जली दिन पुगे हजारौ जनता

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
rabindra-shahi-antim-bidai.jpeg
जाजरकोट । चैत्र १५ गते हत्या गरिएका जाजरकोट काँग्रेसका नेता तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको अन्तिम विदाई भएको छ । कायरतापूर्वक हत्या गरिएका शाहको अन्तिम विदाईमा जाजरकोट खलङगाका स्थानिय सबैका आँखामा आसु भरिएको थियो । सम्भावना भएका एउटा यूवालाई अन्तिम विदाइमा पठाउनुपर्दा कस्को पो मन सम्हालिन सक्थ्यो र ?
 
शाहको अन्तिम संस्कारका लागि स्थानिय भेरी नदी लैजानु अघी खलङगामा उनको घरमा हजारौं स्थानिय उनलाई श्रद्धाञ्जली दिन आएका थिए । श्रद्धाञ्जली दिन आएकाहरुका आँखामा आँसु थियो अनि मुखमा कायरतापूर्वक हत्या गर्ने हत्याराप्रतिको घृणा र आक्रोश थियो । उनीहरुको एउटै माग थियो दोषीलाई तत्काल पहिचान गरि कडा भन्दा कडा कार्वाही होस । अराजकतालाई कुनै पनि हालतमा छुट दिइनु हुन्न भन्ने माग गर्नेहरुले हत्यामा आशंका गरिएका माओवादी विप्लवका कार्यकर्ताहरुमाथि छानविनको माग समेत गरेका थिए । 
 
शाहको अन्तिम विदाइमा नेपाली काँग्रेसका सभासद राजीव शाहीले पार्टीको तर्फबाट झण्डा ओढाएका थिए भने नेविसंघका महामन्त्री कुन्दन काफ्लेले नेविसंघको झण्डा ओढाएर सम्मान गरेका थिए । स्थानिय नेता कार्यकर्ताहरु जाजरकोट सदरमुकाम खलङगा पुगेका थिए । हजारौं जनता उनको मलामी भएर भेरी नदीस्थित घाटमा पुगेका थिए । 
 
Image may contain: 2 people, crowd and outdoor
 
जाजरकोटका नेपाली काँग्रेसका स्थानिय नेता रवीन्द्र शाहको मंगलवार साँझ नचिनेका मानिसहरुको एक समुहले ढुङगाले किचेर ज्यान लिएका थिए। नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका ३६ बर्षिय शाहलाई साँझ सदमुकाममा एक समुहले ढुङगाले किचेर ज्यान लिएको थियो। 
 
साथीहरुसँग इभिनिङ वाकमा रहेका शाहलाई अचानक आक्रमण भएको थियो । साथीहरुलाई समेत आक्रमण गरेर भाग्न मौका दिएका उनीहरुले शाहलाई भने घेरावन्दी गरि ढुङगामुढा गरेर लडाएका थिए । 
 
भेरी नगरपालिकास्थित ३ वडा सदरमुकाम खलङगामा रहँदै आएका शाहमाथि वजार नजिकै अस्पताल छेउमा आक्रमण भएको थियो । इभिनिङ वाकमा गएका उनीमाथि मंगलवार पौने ७ वजेको आक्रमण भएको थियो । 
 
Image may contain: 6 people, people standing, crowd and outdoor
 
पाँचतारा यूवा संरक्षण मञ्चका नामक गैरसरकारी संस्थाका अध्यक्ष शाही जाजरकोटमा यूवाहरुमाझ लोकप्रिय रहेका थिए । एक सय भन्दा वढी कर्मचारी भएको संस्थाका अध्यक्ष रहेका उनीमाथि केहि महिना पहिले विप्लव माओवादीका कार्यकर्ताले चन्दा माग्ने क्रममा धम्क्याएका थिए । चन्दा दिन अस्विकार गरेका शाहलाई त्यसबेलामा माओवादी कार्यकर्ताहरुले धम्क्याएर गएका थिए । 
 
राजनीतिसँगै समाजसेवामा सक्रिय रहेका शाहको कायरतापूर्ण तरिकाले गरिएको हत्या तत्काल छानविन गरि दोषीमाथि कार्वाहीको लागि ढीला गर्नुहुन्न । राजनीतिमा प्रचुर सम्भावना भएका शाहीको हत्या स्थानिय तहको चुनाव अघीको राजनीतिलाई धमिलो बनाउने प्रपञ्च पनि हो । सरकार यो मामिलामा गम्भिर भएर तत्काल एक्सनमा उत्रियोस । दोषीलाई कार्वाही गरि दण्डहिनता घटाउने काममा सरकारलाई लाग्न दवाव दिन नेविसंघले माउ पार्टी नेपाली काँग्रेस र सरकारलाई पनि घच्घच्याउनुपर्ने देखिएको छ । तबमात्र उनीमाथि सच्चा श्रद्धाञ्जली हुनेछ । 
 
Image may contain: one or more people, people standing, mountain, sky, outdoor and nature



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ