arrow

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एमालेले राप्रपालाई सघाउने !

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
CPNUML_RPP.png
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाको एउटा नगरपालिका सहित नौ वटै स्थानीय तहमा निर्वाचनको तयारी चुलिएको छ । आगामी बैशाख ३१  गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पार्टीले आफ्नो तर्फबाट उम्मेदवारी दिनेको नाम तय गर्नको लागि नेताहरु बैठकमा व्यस्त छन् । 
 
यस पटकको निर्वाचनमा ताप्लेजुङको अन्य गाउँपालिका भन्दा पनि एकमात्रै नगरपालिकाको रुपमा रहेको फुङ्लिङ नगरपालिकाको चुनावलाई यस पटक ताप्लेजुङबासीहरुले विशेष रुपमा हेरेका छन् । सो नगरपालिकाको मेयर आफ्नो पार्टीको व्यक्ति बनाउनको लागि सबै राजनीतिकदलहरु दौडधुपमा छन् ।
 
तर, व्यवस्थापिका संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भने आफू निर्वाचित हुनेमा ढुक्क छन् । यस अघि राप्रपाको पकड रहेको क्षेत्रको रुपमा मानिने सो नगरपालिकामा एमालेले राप्रपाका तर्फबाट मेयरका उम्मेदवार तीन कुमार मादेनलाई समर्थन गर्ने तयारी भईरहेको बुझिन आएको छ । 
 
मेयरका उम्मेदवार मादेनले पनि यस विषयमा एमालेसँग पटकपटक छलफल भईरहेको भन्दै एमाले र राप्रपाको गठबन्धन बन्ने सम्भावना बढेको जानकारी दिए । मादेनले एमालेसँग समझदारी भएको खण्डमा एमालेलाई उपमेयर दिएर आफू मेयर उठ्ने सम्भावना रहेको स्पष्ट पारे । उनले एमालेसँग गठबन्धन गाँस्न सके आफूले त्यहाँ सहजै जीत हाँसिल गर्ने दाबी पनि गरे । 
 
उता, सोही नगरपालिकामा नेपाली काँग्रेसबाट भने ५ जनाको नाम चर्चामा आएको छ । सो नगरपालिकाको मेयरका लागि अहिले काँग्रेसबाट गोपाल गुरुङ, जंग बस्नेत, शिवकुमार गुरुङ, रण बहादुर कार्की र डिल्ली रमण बरालको नाम चर्चामा छ।  
 
उता, एमालेले राप्रपालाई सहयोग गर्ने बताईरहँदा एमालेबाट पनि मेयरको लागि नाम चर्चामा भने नआएको होईन । एमालेको राप्रपासँग गठबन्धन नगासिएको खण्डमा एमाले बाट मात्रृका भट्टराई र सन्तोष खड्कामध्ये एकले मेयरमा उम्मेदवारी दिने आकांक्षा देखाईरहेको चर्चा चल्न थालेको छ ।
 
त्यस्तै, सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओबादी केन्द्रको तर्फबाट भने तारा भट्टरार्इको एकल नाम चर्चामा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ