arrow

राप्रपाले १४ शहरमा विशाल आमसभा गर्ने, ठूला नेता कार्यक्षेत्रमै बस्नु पर्ने

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
RPP-padadhikar-meet.jpeg

काठमाडौं । राप्रपाले स्थानीय तहको निर्वाचनमा सम्पूर्ण शक्ति परिचालन गर्ने र निर्वाचन तयारीका लागि १४ अञ्चलमा पार्टीको शीर्ष तहका नेतालाई खटाउने निर्णय गरेको छ । विहिबार बसेको पार्टी पदाधिकारी बैठकले १४ अञ्चलमा वैशाख १० गतेसम्म उपाध्यक्ष, महामन्त्रीलगायतका नेताहरुलाई खटाउने निर्णय गरेको सह–प्रवक्ता मोहन श्रेष्ठ जानकारी दिए । कार्यक्रम अवधिभर इन्चार्जलाई कार्यक्षेत्रमै बस्नुपर्ने बाध्यात्मक निर्णय गरिएको समेत उनले बताएका छन् ।

आगामी वण्ैशाख १० सम्म १४ अञ्चलका मुख्य १४ शहरहरुमा स्थानीय चुनाव केन्द्रित विशाल आमसभा गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ । निर्वाचन परिचालन कार्यक्रमका लागि उपाध्यक्ष, महामन्त्री, सहायकमन्त्री लगायत नेताहरुलाई  १४ अञ्चलको इन्चार्ज तोकिएको बताइएको छ ।  

यस्तै, राप्रपाले पार्टी–सरकारबीच समन्वय गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समन्वय संयन्त्र गठन गरेको छ । जसमा सुशील श्रेष्ठ, निलकण्ठ काफ्ले सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ