arrow

निधिले लिए नेबिसंघ संस्थापक नेता शाक्यको स्वास्थ्यबारे जानकारी

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
DPM+MARSAL.jpeg
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाली कांग्रेसका पुराना नेता मार्सल जुलुम शाक्यको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् । गृहमन्त्री निधिले अस्पताल पुगेर उनको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका हुन् । मस्तिष्कघातले सिकिस्त भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका नेता शाक्यको राजधानीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
 
 अस्पताल जानुअघि गृहमन्त्री निधिले प्रधानमन्त्री पुष्पकमल दाहालसंग शाक्यको उपचारमा सरकारले गर्ने सहयोगबारे कुराकानी गरेका थिए । प्रधानमन्त्री दाहालसंगको कुराकानीपछि गृहमन्त्री निधिले सरकारका तर्फबाट शाक्यको उपचारका लागि  १५ लाख सहयोग गरिने बताए । फागुन २० मा नर्भिक अस्पताल लगिएकोमा स्वास्थ्य नसुधारिएपछि चैत ४ मा उनलाई ग्रान्डीमा भर्ना गरिएको थियो । मार्सल मुटु र मृगौला रोगबाट समेत पीडित छन् ।
 
नेबिसंघको संस्थापक नेता शाक्यले २०१७ सालमा राजा महेन्द्रले वीपी कोइरालाको जननिर्बाचित सरकारलाई कू गरेपछि पहिलोपटक सडकमा उत्रिएर राजाको कदमको बिरोध गरेका थिए । २०४७ सालको अन्तरिम मन्त्रिपरिषदमा आवास तथा भौतिक योजना मन्त्री थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ