arrow

कान्ति वाल अस्पतालमा सुरु भयो विस्तारित स्वास्थ्य सेवा, केके छन् सुविधा ?

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
ehs-kanti-hospital.jpeg
काठमाडौं । कान्ति बाल अस्पतालमा पनि विशेषज्ञ स्वास्थ्य सेवा विस्तारित स्वास्थ्य सेवा सुरु भएको छ । सरकारी अस्पताल भित्रै निजी क्लिनिक सरहको सुबिधा पाईने सो सेवा कान्ति बाल अस्पतालमा भने बुधबारदेखि मात्रै सुरु गरिएको हो । यो सेवा यस भन्दा अघि प्रसुति गृह, शिक्षण अस्पताल लगायतमा सञ्चालित छ । 
 
सरकारी चिकित्सकहरु तोकिएको समयमा पनि सरकारी अस्पतालमा नबसेर निजी क्लिनिकमा जाने समस्यालाई न्यूनीकरण गर्नको लागि स्वास्थ्यमन्त्री बनेर आएपछि गगन थापाले ल्याएको योजना अनुसार सो सेवा अहिले कान्ति बाल अस्पतालमा पनि सुरु भएको हो । 
 
सो सेवा अन्तर्गत् अब अतिरित्त शुल्क तिरेर विरामीले गएकै दिन विशेषज्ञ चिकित्सकहरुबाट सेवा लिन सक्नेछन् । जबकी अहिले विशेषज्ञ चिकित्सकको सातामा दुई दिन मात्रै पालो आउनेमा अतिरिक्त शुल्क तिरेर सोही दिन सेवा लिन पाउने व्यवस्था गरिएको हो । 
 
उक्त सेवा अस्पतालको कार्यअवधि ८ घण्टा बाहेकको थप समयमा मात्रै चिकित्सकको पालो पर्नेछ । यो सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन खुल्ने कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष सुवोध आचार्यले जानकारी दिए । विस्तारित सेवाको लागि टिकट बापतको शुल्कमात्रै ४५० राखिएको छ । अहिले ओपीडीमा टिकट काट्न जम्मा २० रुपैयाँ लाग्छ । 
 
 
Image may contain: one or more people, people sitting, people eating, table and indoor
 
केके छन् सुविधा ? 
यो सेवा पछि सेवाग्राहीहरुले ४ सय ५० रुपैयाँ तिरेपछि साताको सार्वजनिक विदा बाहेक ६ दिन नै विशेषज्ञ सेवा पाउँछन् । अप्रेसन लगायतका केही उपचार बाहेक अरुको लागि ओपीडीमा जत्तिकै मुल्यमा उपचार गर्न पाईन्छ । तर सीमित रोगहरुको लागि भने ओपीडीको भन्दा दुई गुणा बढी शुल्क लाग्ने भएको छ । तर सो सेवामा विशिष्ट डाक्टरले मात्रै सेवा दिने गर्दछन् । 
 
त्यस्तै, यसरी बढी शुल्क तिर्ने सेवाग्राहीबाट प्राप्त रकममध्येको केही प्रतिशत डाक्टरलाई, केही प्रतिशत कर्मचारीलाई र बाँकी रहेको रकम अस्पतालको कोषमा जम्मा गर्नै व्यवस्था गरिएको छ । यसो हुँदा बढी शुल्क कमाउनको लागि भन्दै क्लिनिकमा जाने डाक्टरहरुले पनि अस्पताल भित्र नै थप काम गरेर थप शुल्क कमाउन सक्ने व्यवस्था मिलाईएको हो ।
 
No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ