arrow

दोलखामा निर्माण व्यवसायी शिवाकोटीको विभत्स हत्या

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
Dolakha-hamrakura.jpg.jpeg
दोलखा। दोलखामा निर्माण व्यवसायी काम गर्दै आएका एक व्यक्तिको विभत्स हत्या भएको छ । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं ७ स्थायी घर भएका दान बहादुर भनेर चिनिने ५६ वर्षका ठंकरबहादुर शिवाकोटीको हत्या भएको हो । 
 
मंगलबार आफ्नै घरभन्दा ६ सय मिटर माथिको झाडीमा विभत्स ढंगले मृत अवस्थामा भेटिएका उनको प्रहरीले पोष्टमार्टम गरी बिहीबार नै अन्त्येष्टि गरिएको छ । उनको पेट तथा टाउकोमा गम्भिर चोट लागेको अवस्थामा मृत भेटिएको स्थानीय कैलाश शिवाकोटीले जानकारी दिए । 
 
उनको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गरिएको छैन । तर, उनको मृत शरीरको अवस्था देख्दा उनको हत्या भएको पुष्टि भएको स्थानीयले बताए । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गर्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ