arrow

महानगरीय प्रहरीकै स्कुलमा १४ वर्षे छात्रको रहस्यमय मृत्यु

मृत्युबारे यसो भन्छन् डिआइजी बमहादुर भण्डारी

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
student-ko-mirtu.jpeg

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहत सञ्चालित रानीबारीस्थित प्रहरी स्कुलमा एक छात्रको रहस्यमय मृत्यु भएको छ । सँगै पढ्ने छात्रासँगको विवाद स्कुलसम्म पुगेपछि कक्षा ८ को परीक्षा दिएर बसेका १४ वर्षीय कुन्दन थापाको रहस्यमय मृत्यु भएको हो । घटनाको छानविन गर्न महानगरीय प्रहरी कार्यालयले एक जना एसपीको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।

परीक्षा सकिएकाले स्कुल विदा भइसकेको छ, महानगरीय प्रहरी प्रमुख डिआइजी बमबहादुर भण्डारीले हाम्राकुरासँग भने, ‘कक्षा ८ मा सँगै पढ्ने छात्र र छात्रा बिचको विवादको विषय छात्राका अभिभावकमार्फत स्कुल सम्म्म पुग्यो । उनीहरुको सम्बन्ध र विवादबारे अहिले धेरै नभनौँ । अनुसन्धानबाट थप कुरा खुल्ला ।’

डिआइजी भण्डारीका अनुसार स्कुलमा कम्पलेन आएपछि दुवैका अभिभावक र बच्चालाई बोलाएकामा छात्र स्कुलमा एक्लै आएका थिए । छलफल गराउने प्रहरी निरीक्षक शर्मिला गुरुङले घरमा फोन गर्दा कुन्दनले नै उठाएको र बुबा विदेश हुनुुहुन्छ आमा हुनुुहुन्छ भनेको डिआइजी भण्डारीले हाम्राकुरालाई भने ।

उनले अगाडि थपे, ‘आमालाई ल्याउँछु भनेका उनी वुधबार छलफलमा एक्लै आए । अभिभावकलाई ल्याएर आउन भनेपछि उनले तीन तला माथि रहेको अफिसको रेलिङबाट फाल हालेको जानकारी आएको छ । घटनाबारे थप छलफल हुँदैछ ।’ छलबाट हामफालेर दुर्घटना भएको भन्नेसम्मको खबर आएको छ ।

डिआइजी भण्डारीका अनुसार स्कुल बिदा भएपनि कर्मचारीहरु त्यँही बस्ने भएकाले छात्राका अभिभावकले कम्पलेन गरेका थिए र स्कुलले छलफलका लागि दुवैका अभिभावकलाई बोलाएको थियो । स्थानीयका अनुसार कुन्दनको एक प्रहरी हल्वदारकी छोरीसँग प्रेम सम्बन्ध रहेको र सो विषयमा विवाद बढ्दै जाँदा उनलाई विद्यालयले छलफलका लागि बोलाइएको थियो ।

पछिल्लो समय ती हवल्दारकी छोरी र मृतक कुन्दनबीच फेसबुकमा पठाइएको म्यासेजका विषयमा विवाद भएको र सो विवाद विद्यालयसम्म पुगेपछि विद्यालय प्रशासनले आषिशलाई छलफलको लागि भन्दै बोलाएको आफन्तले बताएका छन् ।
विद्यार्थीको अभिभावकलाई बोलाउनु पर्नेमा कुन्दन मात्र बोलाएरको आफन्तको आरोप छ ।

स्कुल प्रशासनले छलफलका क्रममा कुन्दन एकाएक तीन तल्लामाथिबाट हाम्फाल्न पुगेको र उपचारको क्रममा प्रहरी अस्पतालमा बुधबार साँझ नै मृत्यु भएको जिकिर गरेको छ । यद्यपि, आफन्तले घटनाको प्रकृति र स्कुल प्रशासनको गतिविधिलाई हेर्दा हत्या भएको आरोप लगाएका छन् । आफन्तले स्कुल अगाडी प्रहरी प्रशासनविरुद्ध नारावाजी गर्दै प्रहरी स्कुल खारेजको माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ