arrow

वरियता विवादः प्रधानमन्त्री थापाकै पक्षमा, काँग्रेसलाई झड्का

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
bariyata-golmal-2.jpeg
काठमाडौं । उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो दावी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय विकास मन्त्री कमल थापाका पक्षमा उभिएका छन् ।
 
तर, औपचारिक रुपमा त्यसको घोषणा नभएका कारण मन्त्रिपरिषदको बैठकसमेत प्रभावित भएपछि प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग निधिलाई सम्झाउन आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।
 
‘मैले कमल थापाजीलाई यसअघि नै उपप्रधानमन्त्री भइसकेको हुनाले दोस्रो मर्यादामा राख्ने प्रतिबद्धता गरेको थिएँ, अहिले समस्या देखियो,’ देउवासँगको भेटमा प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसमा तपाईले सम्झाइदिनुपर्‍यो ।’
 
‘उपप्रधानमन्त्रीसँग नै कुरा गरेर सहमति मै टुंग्याउनुस्’ भन्ने जवाफ देउवाले दिएका थिए ।
 
‘प्रधानमन्त्रीले सहमति गरेर मर्यादाक्रम मिलाउँछु भन्नु भएको छ,’ देउवाका निजी सचिव भानु देउवाले भने । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ