arrow

मकवानपुरमा विद्यार्थीहरुको 'म्यादी मोह' !

म्यादी प्रहरी बन्न एसइइ सकेकादेखि १२ काे परीक्षाकाे तयारीमा रहेकाहरुसम्म

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ चैत १८ शुक्रबार
myadi-police.jpeg
हेटौंडा। सरकारले स्थानीय तहको निर्वाचनको लागि तोकेको बैशाख ३१ गतेको निर्वाचनका लागि मागिएको म्यादी प्रहरी बन्नको लागि मकवानपुरमा अधिकांश क्याम्पसका विद्यार्थीहरुले इच्छा देखाएका छन् । प्रहरीले आवेदनको लागि तोकिएको मिति भित्र आवेदन बुझाउनेहरुमा अधिकांश क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 
सरकारले यही निर्वाचनको लागि मात्रै भनेर ७५ हजार म्यादी प्रहरीको आवेदन माग गरेको छ । कूल ५५ दिनको लागि भनेर मागिएको सो प्रहरीमा सीमित अवधिमा उल्लेख्य मात्रामा पैसा कमाउन सकिने भएकोले पनि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको मोह बढेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 
 
कार्यालयका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले तोकिएको मितिभित्र कूल २४ सय ७ जनाले आवेदन दिएको जानकारी दिए । यस मध्ये विद्यार्थीहरु यतिकै मात्रामा छन् भनेर स्पष्ट तथ्यांक नराखिएको भए पनि अधिकांश आवेदकहरु क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु रहेका छन् । गौतमका अनुसार १४ सय भन्दा बढी विद्यार्थीले आवेदन दिएका छन् । यसरी आावेदन दिनेमा भर्खरै सम्पन्न एसइइ परीक्षा सम्पन्न गरेकादेखि १२ काे परीक्षा दिने तयारीमा रहेकाहरुसम्म रहेका छन् । त्यस्ता विद्यार्थीहरु ककसलार्इ छनोट गर्ने भन्ने विषयमा निर्णय गर्नको लागि छनोट समितिको बैठक बसिरहेको छ । 
 
प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि १७ गते सम्म म्यादी प्रहरीका लागि आवेदन मागेकोमा मकवानपरमा पनि जिल्ला प्रहरी कार्यालय हेटौंडा, इलाका प्रहरी कार्यालय पशुपतिनगर, मनहरी, पालुङ्ग, भिमफेदी, नेवारपानी, फापरबारी र ठिंगनबाट म्यादी प्रहरीका लागि आवेदन दिने व्यवस्था मिलाएको थियो । जसमध्ये महिला ७ सय ५ र पुरुष १ हजार ७ सय २ गरी जम्मा २४०७ जनाको आवेदन परेको हो । 
 
मकवानपरमा कति संख्यामा म्यादी प्रहरी आवश्यक छ भन्नेमा भने मतदान केन्द्रको निक्र्याैल नभएसम्म यकीन गर्न सकिएको छैन । तर, बढीमा एक हजार जना म्यादी प्रहरी मकवानपुरको भागमा आउने आकलन गरिएको छ । अहिले मतदान केन्द्र निर्धारण गरेपछि उपलब्ध नेपाल प्रहरीको अनुपात अनसार भर्ना गरिने र म्यादी प्रहरीका लागि छनौट तालिम भने शनिबारबाट सुरु ग्रिने उपरीक्षक गौतमले बताए । यता जिल्ला निर्वाचन कार्यालय मकवानपरले जिल्लामा १ सय ६४ मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ