arrow

काठमाडौं महानगरले जारी गर्‍यो ३० बुँदे सुधारका कार्ययोजना (पूर्णपाठ सहित)

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
Metropolitan_Office-1_KTM.jpg.jpeg.jpeg
काठमाडौं। काठमाडौं महानगरपालिका कार्यालयले तत्कालबाटै कार्यान्वयन गर्ने गरी सुधारका ३० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। शुक्रबार राजधानीको राष्ट्रिय सभा गृहमा औपचारिक कार्यक्रमको आयोजना गरी सुशासनप्रतिको प्रतिवद्धता, स्थानीय सरकारले गर्नु पर्ने काम साथै नागरिकलाई सहज सेवा दिने उद्देश्यलगायतका पक्षबाट प्रेरित भई तत्काल सुधारको कार्ययोजना, २०७३ सार्वजनिक गरेको हो।
 
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले महानगरको अभियान नौलो साथै अनुकरणात्मक भएको बताए। प्रभावकारी र समृद्ध स्थानीय सरकार निर्माणकालागि यो अभियान महत्वपूर्ण प्रयास भएको मन्त्री थापाको भनाइ थियो।
 
योजनाहरु विश्लेषण गर्दै मन्त्री थापाले सडक सफा गर्ने, बाटा छेउका घरहरुमा रंगरोगन गर्ने लगायतका कतिपय सार्वजनिक गरिएका योजनाहरु सामान्य भए पनि तिनको प्रभाव महत्वपूर्ण रहने बताए। 
 
प्लाष्टिकको झोला प्रयोगमा निषेध साथै पुरातात्विक महत्वका सार्वजनिक तथा निजी सम्पदा र संरचना संरक्षण गर्न महानगरले विशेष योजना ल्याउनु पर्ने मन्त्री थापाको सुझाव थियो । उनले हरियाली प्रवर्धनकालागि विगतका योजनाहरुलाई निरन्तरता दिनु पर्ने बताए। 
 
कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष न्यायाधीश काँशिराज दाहालले नागरिकले महसुस गरे मात्र कार्यक्रम घोषणाको अर्थ रहने बताउँदै योजनाको प्रभावकारी कार्यान्वयनकालागि आग्रह गरे। कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले महानगरले थालेका काममा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। 
 
समारोहमा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले योजना सुनाउँदै राष्ट्रियगानका सर्जक ब्याकुल माइलालाई महानगरको विकास दूत नियुक्त गर्ने बताए। तत्काल सुधार कार्ययोजनाबाट महानगरका नागरिकले सेवा सरलता र सुविधामा पहुँच महसुस गर्ने बताए। 
 
कार्यक्रममा नवनियुक्त विकास दूत व्याकुल माइलाले सर्जकलाई सिर्जना गर्ने वातावरण तयार गर्दिन महानगरको महत्वपूर्ण भूमिका रहने बताए। विकास दूतले महानगरको विकासकालागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेछ। सार्वजनिक समारोहमा राजनीतिक दल, उपभोक्ता समिति, टोल सुधार समिति, महिला समूह लगायतका प्रतिनिधिहरुको उपस्थिति थियो।
 
महानगरमा पेश भएको ३० बुँदे सुधार कार्ययोजना यस्तो छ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ