arrow

मन्त्रीलाई जनतामाझ जानै त रोक्नु भएननीः मन्त्री केसी

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
arjun-narsingh-kc-smile.jpg.jpeg
काठमाडौं । शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफैंलाई मतदान गर्नै मतदाता कहाँ जान नपाउँदा आफूलाई दुख लागेको बताएका छन् । शुक्रबार हाम्राकुरासँग कुराकानी गर्दै मन्त्री केसीले निर्वाचन आचारसंहिता जारी भएपछि मन्त्रीहरु आफ्नै मतदाताहरुबाट टाढा हुनुपर्छ भन्ने मान्यता कतिसम्म जायज होला भन्दै प्रश्न गरे । 
 
कार्यकारी तहमा रहेको व्यक्तिको नाताले आफूले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने भन्दै केसीले आफ्नै मतदाताकहाँ जानै नपाउने व्यवस्था आचार संहितामा राखिनुले चाहिँ मतदाता र मन्त्रीमाथि अन्याय परेको भान भएको बताए । 
 
"कार्यकारी तहको एउटा जिम्मेवार व्यक्तिको नाताले म निर्वाचन आयोगको आचार संहितालाई पूर्ण रुपमा पालना गर्छु"  उनले भने,  " म निरन्तर रुपबाट निर्वाचन आयोग स्वतन्त्र, निस्पक्ष र पारदर्शी हुनु पर्छ भन्ने पक्षको व्यक्ति पनि हुँ तर, आचारसंहिताका केही प्रावधानहरुले भने मतदातालाई अन्याय गरेको हो कि भन्ने भान मैले गरेको छु ।" 
 
निर्वाचन आयोगलाई शक्तिसम्पन्न बनाउनु पर्ने भन्दै मन्त्री हुँदा र नहुँदा पनि आफ्नो धारणा राख्दै आएको स्मरण गर्दै मन्त्री केसीले कसैको दबाब र प्रभावबाट आयोग प्रभावित भयो भने लोकतन्त्र नै धरापमा पर्ने बताए । लोकतन्त्रको आधारभुत मेरुदण्डको रुपमा रहेको निर्वाचन आयोग सत्ता र सरकारबाट प्रभावमा पर्न नहुने उनको तर्क थियो । 
 
मन्त्री केसीले आफू निरन्तर रुपमा विधायिकामा पनि निर्वाचन सम्वन्धी कुनै पनि विधेयकहरुको सन्दर्भमा यही दृष्टीकोण राख्दै आएको बताए । तर संसारका अन्य देशमा र नेपालमा आचारसंहिताको नाममा फरक व्यवहार भएको केसीले बताए । ओवामाले क्लिन्टनको प्रचार गर्ने, मोदीले देशव्यापी रुपमा प्रचारप्रसार गराउने अनि हामीले आफ्नै क्षेत्रमा जान समेत निषेध बेहोर्नुपर्ने कुरा कत्तिको जायज छ मन्त्री केसीको प्रश्न थियो । उनले भने सरकारी स्रोत र साधनलाई प्रयोग गर्न नपाउने कुरा ठीक भएपनि निजी क्षेत्रबाट आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ पुग्न नपाउने कुरालाई मैले कठिन रुपमा लिएको छु । 
 
सरकारको तर्फबाट यस मन्त्रिपरिषदमा कुरा उठेको भएपनि यस विषयमा कुनै निष्कर्षमा नपुगेको उनले बताए । आचारसंहिताको नाममा मन्त्रीलाई जनतामाझ पुग्नै रोक्ने कार्यलाई पुनरावलोकन गर्न आयोगलाई सरकारका तर्फबाट भन्नुपर्नेमा आफू रहेको केसीले प्रष्ट्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ