arrow

मोर्चा मनाउन फेरि नयाँ संविधान संशोधन

प्रधानमन्त्री दाहालले मोर्चा र सत्तारुढ दलसँग छलफल गरेर प्रस्ताव तयार पार्ने

logo
प्रकाशित २०७३ चैत १९ शनिबार
Govt_Morcha_Meeting_Baluwatar_02-31032017072016-1000x0.jpeg
काठमाडौं । संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई थाती राख्नै पुन: नयाँ संशोधन प्रस्ताव तयार गरिने भएको छ ।
 
प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सत्तारुढ दलसँग छलफल गरेर प्रस्ताव तयार गर्ने भएका छन् । ‘आन्दोलनरत मोर्चा र सत्तारुढ गठबन्धनसँग छलफल गरेर प्रधानमन्त्रीले नयाँ संशोधन प्रस्ताव तयार पार्नुहुन्छ,’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले भनिन्, ‘परिमार्जन प्रस्ताव छिट्टै तयार हुन्छ ।’
 
प्रधानमन्त्रीले वैशाख ३१ का लागि तोकिएको स्थानीय तहको चुनावमा सहमति जुटाउन शुक्रबार साँझ बालुवाटारमा सत्तारुढ दल र मधेसी मोर्चाको बैठक बोलाएका थिए । तर, बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापा आएनन् ।
 
भूसालका अनुसार सिमांकनको विषयलाई संघीय आयोगमार्फत टुंग्याउनर स्थानीय तहको संख्या राजनीतिक सहमतिमा जनसंख्याको अनुपातमा बढाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका छन् । मोर्चाले भने आयोगको बनावटबारे चासो व्यक्त गरेका छन् ।
 
त्यसबाहेक नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषालगायतका विषयमा भने परिमार्जनसहित संविधान संशोधन पेस गर्ने प्रधानमन्त्रीको प्रस्ताव छ ।
 
 कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनावको वातावरण बनाउन अझै नसकिएको बताए । ‘अब निष्कर्षमा पुग्न लागियो भनेर आएका थियौं,’ उनले भने, ‘आजको छलफलमा त्यस्तो कुरा पाइएन, टुंगोमा पुग्न सकिएन ।’(कान्तिपुर)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ