arrow

उत्कृष्ट राष्ट्रपति कृषक कार्यक्रमबाट नौ कृषक सम्मानित

logo
प्रेम रौले,
प्रकाशित २०७३ चैत १९ शनिबार
bajura-krishi.jpeg
बाजुरा । उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट तिन आर्थिक वर्षमा नौ जना सम्मानित भएका छन् । कृषि क्षेत्राके उत्पादनमा योगदान पुर्‍याएको भन्दै उत्कृष्ठ पुरस्कार सहित नगद १० हजारका दरले सम्मान गरेको जिल्ला कृषि विकास कार्यालय बाजुराले जनाएको छ । 
 
कृषि क्षेत्रको तरकारी खेतीबाट आत्मनिर्भर भन्दै आएका कृषकहरुलाइ उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्रदान गरिएको जिल्ला कृषि विकास कार्यालय बाजुराका बागबानी अधिकृत सविता जोशीले बताएका छन् ।
 
उत्कृष्ट राष्ट्रपति कृषक कार्यक्रममा तिन वर्षमा नौ जना सम्मानित भएका छन् । आर्थिक वर्ष ०७१-०७२ मा बडिमालिका नगरपालिका ३ का मन बहादुर रोकाया, बुढीगंगा नगरपालिका ८ का हेमन्त बहादुर बुढा र बुढीनन्दा नगरपालिका ३ का रण बहादुर बोहरा प्रमाण–पत्र सहित १० हजार नगदले सम्मान गरिएको थियो । 
 
यसैगरी आर्थिक वर्ष ०७२-०७३ मा त्रिवेणी नगरपालिका ८ का टेक बहादुर थापा,बडिमालिका नगरपालिका ४ का कृषक हर्क नाथ र सोही नगरपालिका ३ का कृषक महेन्द्र दानी सम्मानित भएका हुन् । त्यसैगरी आर्थिक वर्ष ०७३-०७४ मा बुढीगंगा नगरपालिका ६ का कृषक कासीराम पाध्याय,बडिमालिका नगरपालिका २ का कृषक मदनराज पण्डित र छेडेदह गाउपालिका ६ का दया नाथ शुक्रबार बृहत कृषि तथा खाद्य मेला समापन कार्यक्रममा सम्मानित गरेको जिल्ला कृषि विकास अधिकृत डाक्टर रामकृष्ण श्रेष्ठले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ