arrow

किमको मृत शरिर प्योङ्याङ् पुर्‍याइयो, तीन आरोपितलाई उत्तर कोरिया

logo
प्रकाशित २०७३ चैत १९ शनिबार
kim-jongs.jpeg
क्वालालम्पुर (मलेसिया) । मलेसियामा हत्या गरिएको उत्तर कोरियाली नेता किमजोङ्का सौतेनी दाजू किम जोङ नामको मृत शरिरलाई वेइजिङ्को बाटो हुँदै प्योङ्याङ पुर्‍याइएको चीनले बताएको छ । 
 
मृत शरीरसँगै किमको हत्यामा संलग्न भनी आरोप लागेका तीन आरोपितलाई पनि उत्तरकोरिया पठाइएको मलेसियाको राष्ट्रिय प्रहरीका प्रमुख खालिद अवु वाकरले बताए। 
 
किमलाई उक्त कोरियालाई जान विमानस्थल पुगेका वेला घातक विषाक्त मिसिएको (भिएक्स) प्रयोग गरी गत फेबु्रअरी १३ मा क्लालाम्पुर विमानस्थलमा हत्या गरिएको बताउँदै आएको छ । 
 
प्रहरी प्रमुख खालिदका अनुसार आरोपित तीन जनामाथि आवश्यक खोधपुछ पछि उनीहरुको देश जान दिइएको बताए ।किमको हत्या प्रकरणसँगै दुई देशबीचको सम्बन्धमा चीसोपना देखिएको छ । 
 
दुवै देशले एक अर्का देशका राजदूतलाई फिर्ता पठाइसकेको छन् भने अन्य नागरिकको ओहोर दोहोरमा पनि निकै कडाई गरिएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ