संस्कृतिमन्त्रीको स्वास्थ्य सुधारोन्मुख

प्रकाशित मिति : २०७३ चैत १९ शनिबार , १,२२७ पटक हेरिएको
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री दिलनाथ गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । 
 
गिरीको निमोनियाले सङ्क्रमण हुँदै गएपछि चाबहिलस्थित ओम अस्पतालमा मङ्गलबारदेखि भर्ना भई उपचाररत छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता किरण गिरीका अनुसार उनि सामान्य खानपिन गर्न र आगन्तुकसँग सामान्य कुराकानी गर्न सक्छन् । रासस 
नयाँ