arrow

मुम्बईमा २५ बर्ष पुरा गर्दा शाहरुखले लेखे यस्तो भावुक सन्देश

logo
प्रकाशित २०७३ चैत १९ शनिबार
sharukh.jpeg
एजेन्सी ।  बालिउडका  सुपरस्टार शाहरुख खानले मुम्बईमा आफ्नो २५ बर्ष पुरा गरेका छन् । सो अवसरमा शाहरुखले मुम्बई शहरले मलाई जिवन दियो लेखेका छन् । किंग खानले शुक्रवार ट्विटरमा 'मुंबईमा  २५ बर्ष पुरा , यसले मलाई  जिन्दगी दिएको छ । आरसी (प्रडक्शन ब्यानर रेड चिलीज एन्टरटेनमेंट) वीएफएक्सको नयाँ अफिसको उद्घाटन अवसरमा पहिलो पटक मैले ठिक गरेको मलाई महसूस  भयो ।' लेखेका छन् । 
 
दिल्ली घर भएका ५१ बर्षिय  शाहरुख खानले सन् १९८०मा चलचित्र  'फौजी' बाट करियर सुरुवात गरेका हुन् । उनले १९९२ मा 'दीवाना' बाट बलिउड  इन्डस्ट्रीमा  कदम रखेका थिए ।
 
त्यसपछि उनले 'बाजीगर' बाट  दर्शकको मन जित्न सफल भए । उनले  'दिलवाले दुल्हिनया ले जाएंगे', 'कुछ कुछ होता हे', 'यस बोस', 'देवदास', 'कल हो ना हो', 'चक दे इन्डिया', 'चेन्नई एक्सप्रेस' र 'डियर जिंदगी' जस्ता सफल चलचित्र बलिउडलाई दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ