arrow

कार्यकर्तालाई देउवाले भने,–गाउँ–गाउँ जानुस्

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ चैत १९ शनिबार
sher-bahadur-deuba.jpg.jpeg

विराटनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुको सहमतिमा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन् । विराटनगरमा विहान संचारकर्मीसँग कुरागर्दै सभापति देउबाले मुलुक निर्वाचन तर्फ उन्मुख भईसकेकाले निर्वाचन नरोकिने ठोकुवा गरे ।  संविधान कार्यान्वयका लागि पनि निर्वाचन आवश्यक रहेको देउवाको भनाई छ ।  

सभापति देउवाले वैशाख–३१ गते हुने निर्वाचनमा सहभागि हुन जनता उत्सुक रहेकाले निर्वाचनको विकल्प नभएको बताए । उनले सबैतिर निर्वाचनको माहोल बन्दै गएकाले निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह समेत गरे । निर्वाचनमा सहभागि गराउन मधेस केन्द्रीत दलहरुसँगपनि वार्ता र छलफल भइरहेकाले मधेसी मोर्चापनि निर्वाचनमा सहभागि हुने विश्वास व्यक्त गरे ।

सभापति देउवाले विराटनगरमा पार्टी कार्यकर्तासँगको भेटघाटमा निर्वाचनका लागि गाउँगाउँ जान पार्टी कार्यकर्तालाई निर्देशन दिए । स्थानीय तहको निर्वाचनले नेपाली जनतालाई थप अधिकार सम्पन्न बनाउने भएकाले आफनो एजेन्डा लिएर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता  गाउँगाउँ जानुपर्नेमा सभापति देउवाले जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ