arrow

मुसो जत्ति मोटाए पनि दुब्लाएको हात्ति सरह हुन सक्दैन : मन्त्री केसी

logo
प्रकाशित २०७३ चैत १९ शनिबार
arjun-KC.jpeg
काठमाण्डौं । काँग्रेस नेता तथा शहरी विकाश मन्त्री अर्जुन नरसिंह केसीले स्थानिय तह निर्वाचनमा काँग्रेसलाई कसैले हराउन नसक्ने बताएका छन् ।  काठमाण्डौंको तारेकेश्वर नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री केसीले काँग्रेस भित्रको गुट उपगुट चिर्दै पार्टीमा योगदान गरेका व्यक्तिहरुलाई अघि सारिनुपर्ने बताए ।
 
 कार्यक्रममा मन्त्री केसीले झापामा व्यक्ति हत्याबाट सुरु भएको एमालेको आन्दोलन र ससस्त्र द्धन्द्धबाट एकदलिय नारा लिएर आएका माओवादी लगायतका दलहरु काँग्रेसकै पछि लाग्दै संसदिय अभ्यासमा आएकोले काँग्रेसलाई कहिल्यै भेट्टाउन नसकने बताए । मुसो जत्ति मोटाए पनि दुब्लाएको हात्ति सरह हुन नसक्ने भएकाले काँग्रेसलाई कसैले भेट्टाउन नसक्ने उनको तर्क थियो ।
 
 संविधानमा देखिएका त्रुटीहरुलाई संवोधन गरि तराई मधेषका समस्या यथाशिघ्र समाधान गर्नुको विकल्प नरहेको मन्त्री केसीको कथन थियो । कार्यक्रममा काठमाण्डौं  काँग्रेसका सभापति सबुजकृष्ण बानियाँ, क्षेत्रिय सभापतिहरु श्यामकृष्ण खड्गी, मुकुन्द रिजाल, नेवीसंघ नेता निरञ्जन थापा परोपकार अधिकारी किरण कार्की लगायतको उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ