arrow

मलेसियाको रोजगारी संकटमा, नेपाली कामदार मारमा

logo
प्रकाशित २०७३ चैत २० आइतबार
ti.jpg.jpeg
मलेसिया । मलेसियाली मुद्रा ‘रिगिट’ मा आएको भारी गिरावटका कारण ५ लाखभन्दा बढी कामदार प्रत्यक्ष मारमा परेका छन् ।
 
 
रिंगिटमा आएको गिरावट करिब दुई दशकयताकै सबैभन्दा बढी हो । सन् १९९७ को ‘एसियाली आर्थिक मन्दी’ यता रिंगिट सबभन्दा कमजोर अवस्थामा पुगेको हो ।
 
नेपालसँग औपचारिक रुपमा करिब १६ बर्षे रोजगारी इतिहास बोकेको बैदेशिक रोजगारको प्रमुख गन्तब्य मलेसियाको श्रम बजार यतिबेला संककटपूर्ण बनेको छ ।
 
मलेसियाली राष्ट्र बैंक ‘बैंक नेगरा’को तथ्याकं अनुसार सन् २०१३ को सुरुवाती दिनमा एक अमेरिकी डलरको खरिदर ३ दशमलव १० रिंगिट रहेकोमा हाल करिब ४ दशमलव ४५ रिंगिट हाराहारीमा छ ।
 
त्यतिबेला प्रतिरिंगिट ३३ रुपैंया सटही दर भएकोमा हाल झरेर २३ रुपैंयाँ ५० पैसा पुगेको छ । 
 
नेपालमा बढ्दो महंगी र मलेसियामा घट्दो रिंगिटको मारमा यहाँ कार्यरत नेपाली परेका छन् ।
 
मुलुकमा बेरोजगारीका बाबजुत आफ्नो कमाइमै आश्रित परिवार धान्न गारो परिरहेको मलेसियामा कार्यरत नेपाली बताउँछन् । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ