arrow

सरकार र मधेसी मोर्चाबीचको सहमति यसरी अड्कियो

logo
प्रकाशित २०७३ चैत २० आइतबार
Govt_Morcha_Meeting_Baluwatar_02-31032017072016-1000x0.jpeg
काठमाडौं । सरकार र मधेसी मोर्चाबीच हुने भनिएको सहमति अन्तिम समयमा आएर अड्किएको छ । सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार फेरि प्रयास गर्ने भएका छन् । 
 
माओवादी केन्द्रका नेताको शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अनौपचारिक बैठकमा शुक्रबार सरकार पक्ष र मोर्चाबीच भएको छलफलको समीक्षा भएको थियो ।
 
शुक्रबारको बैठकमा संंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्त राखेका कारण सहमति भाँडिएको नेताहरूले बताएका छन् । 
 
यादवले मतदाता नामावलीमा छुटेका नाम राख्न र निर्वाचन आयोगमा दल दर्ता गराउन आयोगले समय दिनुपर्ने सर्त राखेका थिए । 
 
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिएनन् । यादवले राखेको सर्तमा पार्टी सभापति तहमै छलफल गर्नु पर्ने भन्दै बैठकमा सहभागी कांग्रेस नेता कृष्ण सिटौलाले असहमति जनाएका थिए ।
 
मोर्चाका नेताहरूले मतदाता नामावलीमा छुटेको नाम राख्न र दल दर्ताका लागि समय दिन निर्वाचन मिति केही पर पनि सार्न सकिने बताएका थिए । 
 
तर सरकारले भने निर्वाचन तिथि सार्ने विषयमा सहमति जनाएन । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ