arrow

'चुनावमा भागलिने आँट छैन भने जोगी बन्नूस्'

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ चैत २० आइतबार
MKnepal_syanjha.jpeg
स्याङ्जा । नेकपा एमालेको बरिष्ठ नेता माधवकुमार नेपालले सबै दलहरु चुनावी परीक्षामा भाग लिने आट गर्न आग्रह गरेका छन् । नेकपा एमाले भीरकोट नगर कमिटीको बृहत सभालाई सम्वोधन गर्दै बरिष्ठ नेता नेपालले चुनावी प्रक्रिया भाग लिएर आट गर्न आग्रह गरेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा एमालेले आयोजना गरेको बृहत सभामा सम्वोधन गर्न आएका बरिष्ठ नेता नेपालले जसले चुनावी प्रक्रियामा भाग लिने आट गर्दै त्यस्तादलहरु जोगी र सन्यासी बन्न चुनौती दिए । 
 
जसरी परीक्षामा विद्यार्थीहरुले तयारी गर्छन नेता नेपालले भने, “दलहरु पनि चुनावी प्रतिस्पर्धामा तयारी र चुनावमा भाग दिने आट गर्नुपर्छ ।” स्थानीय तहको निर्वाचन बैशाख ३१ गते नै हुनुपर्नेमा उनले जोड दिए । लामो समय स्थानीयतहको निर्वाचन नहुदा विकास निर्माणका काम ठप्प भएको उल्लेख गर्दै अर्को तर्फ भष्ट्राचार मौलाएकाले पनि स्थानीयतहको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने जिकिर नेता नेपालको थियो । 
 
स्थानीयतहको निर्वाचन नजिकिदै जादा एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने,“एमालेमा ओइरो अन्यदलमा पहिरो गएको छ यो एमालेलाई दोश नदिनुउ ।” पाटीको आचरण, अप्रजातान्त्रिक शैलि,विदेश सगँको लम्पसार, कार्यकर्ताको शिर निहुराएर होकी कारण खोज्न अन्यदलहरुलाई आग्रह गरे । 
 
वालक देखि युवा र बृद्धबृद्धाको सम्मान गर्ने पाटी एमाले भएकाले सबै नागरिकको समान सम्मानमा एमाले कहिलै पछि नपर्ने नेता नेपालको भनाई थियो । एमाले बाहेक अन्यदलले नेपालीको स्वाभिमान गुमाएको आरोप लगाउदै एमालेले जहिले पनि नेपाली जनताको शिर ठाडो बनाउने काम गरेको बताए । 
 
पानी र वानी जहिले पनि तल झर्छ नेता नेपालले भने,“नेता भष्ट्रचारी भए भने तल झर्ने काम हुन्छ ।” त्यसैले नेपाली जनताको शिर ठाडो हुने काम गर्नुपर्छ उनले भने । कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य पदमा अर्यालले एमाले पाटी जहिले पनि जनताको पक्षमा रहदै आएको बताईन् । एमालेले चुनावको प्रचार प्रसारलाई घरदैलो अभियान सगै चुनावी सभामा सक्रिय हुन थालेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ