arrow

दाङमा नयाँ शक्तिको ज्ञापन, काठमाडौँमा घेराउ

logo
दिपक वली,
प्रकाशित २०७३ चैत २० आइतबार
news-naya-sakti-dang.jpeg

दाङ । स्थानीय तहको निर्वाचनमा दलीय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै  नयाँशक्ति नेपालले जिल्ला निर्वाचन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएको छ । नयाँ शक्ति नेपालको जिल्ला संयोजक नारायण भट्टराई नेतृत्वको टोलीले निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
 
निर्वाचन आयोगले दललाई दलीय चुनाव चिन्ह बाट बञ्चित गर्नेगरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संसोधनका लागि दबाब दिन आईतबार ज्ञापन पत्र बुझाएको नेताहरुले बताए । निर्वाचनमा नयाँ शक्ति पार्टिलाई समेट्न नहुने भन्दै गरिएको निर्णयको विरोध गर्दै ज्ञापन पत्र बुझाएको संयोजक भट्टराईले बताए ।

ऐन संसोधन नभए सम्म आन्दोलन जारी रहने नयाँशक्तिको अडान छ ।  बिरोध कार्यक्रम अन्तर्गत भोलि सोमबार ९ बजेदेखि ११ बजे सम्म जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको बताइएको छ । यता, काठमाडौंमा निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक बाबुराम भट्टराईसहित थुप्रै नेताहरु पक्राउ परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ