arrow

भारतमा विषाक्त माछा खाएर २०० प्रहरी अस्पताल भर्ना

logo
प्रकाशित २०७३ चैत २० आइतबार
maxresdefault.jpeg
नयाँ दिल्ली। भारतका झन्डै दुइसय अर्थसैनिक प्रहरी विषाक्त खानाका कारण अस्पताल भर्ना भएका छन् । भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा भएको एक तालिममा खाना खाएपछि प्रहरीहरु विरामी भइ अस्पताल भर्ना गरिएको हो । 
 
सेन्ट्रल रिजर्भ पोलिस फोर्स (सिआरपीएफ)मा आवद्ध ती प्रहरी प्रशिक्षार्थीहरु र तालिममा रहेका अन्य सुरक्षाकर्मीले खानाको रुपमा भात र माछा खाएका थिए । 
 
अर्नाकुलम जिल्लामा शनिबार बेलुका साँझको खाना खाएपछि उनीहरु विरामी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ