arrow

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चितुवा, केही समय विमानस्थल अवरुद्ध

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
TIA.jpeg
काठमाडौं । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चितुवा पसेपछि विमानस्थल नै बन्द गर्नुपरेको छ । अचानक धावनमार्गमा चितुवा देखिएपछि आधा घण्टाजति विमानस्थल नै बन्द गर्नुपरेको थियो ।
 
बिहान ७ बजेतिर देखिएको चितुवा रनवे र ट्याक्सी वेको बीचमा रहेको ड्रेनमा लुकेको विमानस्थल प्रहरीले जनाएको छ । 
 
लुकेको जनावर चितुवा हो वा अर्को कुनै जनावर भन्ने यकिन भने नभएको जनाइएको छ ।
 
चितुवाको घटनाले बिहान आन्तरिक तथा बाह्य उडान तथा अवतरण रोकिए ।
 
अवतरणका लागि आएका एयर अरेबिया र ड्रुक एयरसमेत आकाशमा होल्ड भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ