arrow

नेपाल उद्योग वाणिज्य महासंघका दुई प्यानलबीच प्रतिस्पर्धा

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
fncci-building-teku-11.gif
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष लगायतका विभिन्न पदहरुमा दुई पक्षबीच भीडन्त हुने भएको छ । सोमबार उम्मेदवारी दर्ता गराउने अन्तिम समयसम्म महासंघमा दुई प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् । एशोसिएट्स उपाध्यक्षमा भने चन्द्र ढकाल सर्वसम्मत उपाध्यक्ष बन्ने पक्कापक्की भएको छ । 
 
महासंघका एशोसिएट्स उपाध्यक्षले आईतबार आफू सहित आफ्नो प्यानलका उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका थिए । उनको प्यानलबाट अहिलेका वस्तुगत उपाध्यक्ष दिनेश श्रेष्ठले जिल्लारनगर तर्फको उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन । त्यस्तै, गोल्छा प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन भने एसोसियटमा चन्द्र प्रसाद ढकालको उम्मेदवारी परेका छ । 
 
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समूहले तीन पदाधिकारी सहित २५ सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । सोमबार जिल्ला नगरतर्फ उपाध्यक्षसहित १२ सदस्य पदमा र बस्तुगत तर्फ उपाध्यक्षसहित १३ सदस्यपदमा उम्मेदवारी दिइएको हो । प्रधानको समूहबाट जिल्ला तथा नगरतर्फ प्रमोद श्रेष्ठ उपाध्यक्षमा प्रतिस्पर्धामा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ