arrow

ग्लोबल आइएमई बैंकले बोनस शेयर वितरण गर्ने

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
globel-ime-bank-Image.jpeg
काठमाडौं ।  ग्लोबल आइएमई बैंकको दशौँ बार्षिक साधारण सभा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । बैकको साधारण सभाले संस्थापक शेयरधनी समूहबाट चन्द्र प्रसाद ढकाल, सुहृदराज घिमिरे, पवन कुमार भिमसरिया र सर्वसाधारण शेयरधनीको तर्फबाट  सुदर्शन कृष्ण श्रेष्ठ, सुमन पोखरेल, सुरज कुमार श्रेष्ठलाई संचालकमा निर्विरोधरुपमा निर्वाचित गरेको छ ।
 
 साथै सभाले  शेयरधनीलाई १५.७६ प्रतिशत बोनस शेयर (लाभांश) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताब पारित गरेसँगै बैंकको चुक्ता पूँजी ७ अर्ब २४ करोड २६ लाख ६१ हजार ४ सय ३२ रुपैयाँ पुगेको छ । 
 
बैकको हाल ८७ अर्ब निक्षेप, ७२ अर्ब कर्जा लगानी रहेको छ । बैकले मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाका साथै अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ