arrow

इलामको फिक्कलमा दुई दिने सडक महोत्सव हुने

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
17797082_1447645228592208_1821746548_o.jpeg
इलाम । इलामको   स्थानीय पर्यटकीय क्षेत्र, स्थानिय होटल व्यवसाय, स्थानीय उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उदेश्यले फिक्कलमा चैत्र २९ देखि दुई दिने सडक महोत्सव हुने भएको छ ।  एक लाख पर्यटक भित्राउने लक्ष्य लिइएको सो महोत्सवमा संगित र खानाको स्वाद चाख्ने अवसर प्रदान गर्ने आयोजकले बताए। 
 
सुर्योदय हेटल व्यवसायी संघको आयोजनामा हुने महोत्सवमा पुर्वी इलाममा रहेका धार्मीक, सास्कृती पर्यटकीय सम्भावनाहरुको प्रचार प्रशार गर्ने उदश्य राखेको संघका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । महोत्सवमा सने गुरुङ्ग तथा व्याण्ड,सुगम पोख्ररेल,मेलिना राई,कालीप्रसाद बाँस्कोटा,मनोज गजुरेल, भूगोल दाहाल तथा किताब व्याण्ड, साथै स्थानीय कलाकारहरुको दुबैदिन बेजोड प्रस्तुती रहने संघका सचिव युवराज प्रधानले जानकारी दिए ।
 
महोत्सवमा पुर्वाञ्चलका  ५० वटा स्टल राखेर विभिन्न प्रकारका खानाका स्वादहरु चखाइने श्रेष्ठले बताए  । महोत्सवमा प्लाष्टिकका प्लेट निरुत्साहित गरेर टपरी र कागजका प्लेटहरु प्रयोग उनले बताए ।  महोत्सवमा स्थानिय स्तरमा उत्पादन भएका चिया,दुग्ध, अचारका परिकारहरुका स्टलहरु राखिने अध्यक्ष श्रेष्ठले बताए महोत्सवमा  विशेषज्ञ डाक्टरहरुद्वारा निःशुल्क स्वास्य परिक्षण, रक्त दान, जनजातीका परिकार, सास्कृतीक झाकी र मनोरञ्जनात्मक खेलहरु प्रर्दशन  तयारी गरिएको छ । 
 
महोत्सवको अवसरमा पर्यटकीय स्थलहरुको भ्रमणः पर्यटकलाई कन्याम, श्रीअन्तु, सिमपानी, करफोक, कन्याम, पञ्चकन्या मन्दिर लगायतका पर्यटकीय क्षेत्रको भ्रमण गराउने योजना रहेको छ ।  इलामका पर्यटकीय क्षेत्रको सुचना दिनका लागि सूचना केन्द्रको व्यवस्था गर्ने आयोजकले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ