arrow

नेविस‌ंघ नेताको हत्या आरोपमा दुर्इ पक्राउ, ५ जना फरार

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
rabindra-shah.jpeg
काठमाडौं । जाजरकोट प्रहरीले नेविस‌ंघ नेता रबिन्द्र शाहको हत्यामा संमलग्न २ जनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। प्रहरीले जाजरकोटका दिल बहादुर लामा  र  ठगेन्द्र बहादुर सिंहलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
 
दुवै जना नेत्र बिक्रम चन्द बिप्लप निकट माओवादीका सदस्य रहेको प्रहरीले जनाएको छ। शाहलार्इ चन्दा नदिएको आरोपमा माओवादीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुल्न आएको छ। शाहको हत्या आरोप लागेका बलबहादुर मल्ल,  प्रेमबहादुर ओली,इन्द्र शाही, दीर्घबहादुर नेपाली र सुर्खेतका नाम नखुलेका एक भने फरार रहेको प्रहरीले जनाएको छ।
 
पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रवीन्द्रशमशेर शाहको गत १५ गते बेलुकी हत्या भएको थियो ।  प्रहरीले शाहका हत्यारालाई पक्राउ गर्न नसकेको र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै जिल्लाभर सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा एनजीओकर्मीले असुरक्षा महसुस  गर्दै जिल्ला छाडिरहेका बेला प्रहरीले ७ जनाको नाम सार्वजनिक गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ