arrow

आइजीपी बनाउन भन्दै सिलवाल पुगे गृहको ढोकामा

अहिलेसम्म सरकारले छुट पाइरहेकोछ : ढकाल

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
Screenshot-silwal-g.png

काठमाडौं । प्रहरी प्रमुख बनाउन भन्दै डीआईजी नवराज सिलवालले गृह मन्त्रालयमा निवेदन दर्ता गरेका छन् । सिलवालले सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न भन्दै निवेदन दिएका हुन् । सर्वोच्चको पूर्ण इजलासले कार्यसम्पादन मुल्याङ्कनका आधारमा तत्काल प्रहरी प्रमुख नियुक्त गर्न सरकारका  नाममा परमादेश जारी गरेको थियो । परमादेशको पेट खण्डमा पछिल्लो चार वर्षको कार्यसम्पादन मुल्याङ्कन हेर्दा सिलवाल नै योग्य रहेको व्याख्या गरिएको थियो ।

यद्यपि, परमादेश जारी भएदेखि हाल सम्म प्रहरी प्रमुख नियुक्त गर्नेबारे सरकारले औपचारिक छलफल गरेको छैन । सिलवालले सर्वोच्चको फैसलाको खिलित कपी समेत निवेदनसाथ पेश गरेका छन् । सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय बदर हुने फैसला सुनाउँदै प्रहरी नियमावली अनुसार बरिष्ठलाई प्रहरी प्रमुख बनाउन भनेको थियो । गृहमन्त्रालयले प्रहरी प्रमुख नियुक्त गर्ने आन्तरिक तयारी गरिरहेको भएपनि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।

अहिलेसम्म सरकारले छुट पाइरहेकोछ
बरिष्ठलाई प्रहरी महानिरीक्षक आईजीपी बनाउनु पर्ने भन्दै सर्वोच्चमा मुद्दा हालेका अधिवक्ता कपिलदेव ढकालले सरकारले अहिलेसम्म छुट पाइरहेको बताए । उनले हाम्राकुरासँग भने, ‘सर्वोच्चले तत्काल निर्णय आदेश कार्यान्वयन गर्नु भनेको थियो । तर, अहिले सम्म सरकारले प्रहरी प्रमुखबारे औपचारिक छलफल नगरेकाले छुट पाइरहेको छ ।

मन्त्रिपरिषद् बैठक बसेर पनि निर्णय नगरेको भए अवहेलना लाग्ने थियो ।’ अहिले सम्म क्याविनेट बसेको छैन । सिलवालले गृहमा निवेदन दर्ता गरेको जानकारी आएको बताउँदै उनले भने यसले सरकारलाई प्रेसर पर्छ भने । सरकारले जति टाइम किल गर्छ त्यतिनै मोरल प्रेसर पर्छ, ढकालले भनेका छन् । अब पनि मन्त्रिपरिषद् बैठक बसेर सरकारले निर्णय गरेन भने आफुहरु अवहेलना मुद्दा हाल्ले ढकालको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ