arrow

राप्ती साहित्य परिषद् रोल्पाको अध्यक्षमा उपाध्याय निर्वाचित

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
rapti-sahitya-parisad.jpeg
काठमाडौं ।  राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्षमा साहित्यकार कबिता उपाध्याय  निर्बिरोध निर्वाचित भएकी छीन्। 
 
राप्ती साहित्य परिषद्को सोमबार सम्पन्न तेश्रो जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा सात सदस्यिय नयाँ कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा चन्द्रज्योती सुवेदी, सचिव चाहना शर्मा, कोषाध्यक्ष रविन्द्र सुनार, सहसचिव खबपु चञ्चल मगर तथा सदस्यहरुमा लक्ष्मी मगर र तिलक जीएम रहेका छीन् । 
 
नव निर्वाचित अध्यक्ष करिव दुई दशकदेखि विभिन्न साहित्यिक गतिविधिहरुमा संलग्न रहदै आएकी छन् । उनकाका पञ्चामृत संयुक्त गजल संग्रह २०६३, त्रिवेणी संयुक्त गजल संग्रह २०६७ र संयुक्त आधुनिक गिती एल्वम सभ्यता यसअधि नै बजारमा आइसकेका छीन् ।
 
उनका  विभिन्न पत्रपत्रिकाहरुमा लेख, रचनाहरु समेत प्रकाशित हुँदै आएका छीन् ।  भने उनलाई  बभिन्न साहित्यिक संघ संस्थाहरुले पुरस्कृत तथा सम्मानित समेत गरेका छन् । उनले राप्ती साहित्य परिषद् दाङबाट “विष्णुनुमा साहित्य पुरस्कार २०६०”, लेखक संघ दाङबाट “मञ्जुराणा स्मृति साहित्य पुरस्कार २०६६” र दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानबाट “तुलसा गेदलाल साहित्य सर्जक पुरस्कार २०६७” समेत प्रप्त गरिसकेकी छीन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ